दोहा कतार -नेपाली प्रवासी श्रमिक संघ (GEFONT Support Group ) कतारले अल्खोर-रसलाफानमा समेत आफ्नो संगठन बिस्तार गरेको छ ।
श्रम संसार रूपान्तरण को आधार, सबैका लागि सामाजिक सुरक्षा र मर्यादित रोजगार" भन्ने मूल नाराको साथ श्रमिकहरूको बाहुल्यता रहेको क्षेत्र अल्खोर एरिया कमिटीमा चक्र कार्किको अध्यक्षतामा,उपाध्यक्ष,सचिब,अर्थ सचिब र सदस्य गरि जम्मा ११ सदस्यीय समिती गठन गरिएको छ। जस अनुसार अध्यक्ष चक्र कार्की,उपाध्यक्ष दोर्ण प्रसाद गुरागाई, सचिव सुरेस गोले, आर्थिक सचिव सहदेव सुनार, रहेका छ्न । सदस्यहरुमा संतोष पन्त, चन्द्र बहादुर पुन, पार्जन राई, समीर तामाङ,"शिव नारायण चौधरी , बिजय पौडेल कार्यसमितिमा रहेका छन।
त्यसैगरी रसलाफान एरिया कमिटीमा अध्यक्ष बिक्रम बुढाथोकी,उपाध्यक्ष टंक बहादुर घोरासैनी, सचिव चन्द्र बहादुर परियार, अर्थ सचिव बिजमान गुरुङ र सदस्यहरुमा नरबहादुर धिमाल,पोस बहादुर गोहा, ऐत बहादुर परियार गरि ७ जनाको हाललाई कार्यसमिति बनेको छ भने दुबै एरियाको इन्चार्ज लोकबहादुर जोगीले गर्ने भएका छन।
दुई चरणमा गरिएको कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाका व्यक्तित्वहरुमा गणेश क्षेत्री,राम प्रसाद पराजुली प्रेम प्रसाद भट्टराई,रामजी अधिकारी लगायतले मन्तव्य राख्दै "श्रमजीवी श्रमिकको हकहितको लागि संस्थाले उल्लेखनीय प्रगति गरिरहेको भन्दै आगामी कार्यक्रमहरु हलमा सिमित व्यक्तित्व भन्दा कुनै लेवर (श्रमिक ) हरुका क्याममा गएर श्रमिकका समस्या र समाधानका बिषयमा प्रशिक्षण कार्यक्रम गर्न सकिए दुख पाउन बाट सावधानी अपनाउन सकिने धारणा राखेका थिए।
श्रम गर्न हामी प्रवासमा धेरै नेपाली दाजुभाइ दिदिबहिनी छौँ, "यो हामी सबैको रहर होईन बाध्यात्मक परिस्थितिले आएका छौँ" अनगिन्ती सपना बोकेर आफ्नो देश,घर-परिवार देखि टाढिएर बसेका छौँ ,रोजगार मुलक देशको कानुनलाई मान्दै हरेक आफुले गर्ने क्रियाकलापलाई सुधार गर्दै लैजानु हामी श्रमिकको दाईत्व रहेको उपस्थिति हरुले आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बिश्वराज नेपाल, प्रमुख सल्लाहकार भिम तराजु मगर लगायतले बोल्दै (GEFONT Support Group ) स्थापना गर्नुको उदेश्य र यसका गतिविधिहरुका बारेमा प्रष्ट पारेका थिए । यहाँको कानुनभन्दा माथी हामी आप्रवासी श्रमिक हुँदैनौ,यो कार्यक्रम र प्रशिक्षणले हामिमा केही सुधार आउँछ भन्ने मुल उदेश्यका साथ यो कार्यक्रम गरिएको र यहाँको श्रमिकहरुको हरेक समस्याको छानबिन गरि समाधानका भरपुर सहयोग गर्नेछ भन्ने सबैलाई जानकारी गराउदै चेतनामूलक कार्यक्रमका बारेमा बोलेका थिए ।
नवराज शाहिले सहजीकरण र उपाध्यक्ष समुन्द्र खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष खेमराज सुबेदीले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनु हुने सम्पुर्णमा आभार प्रकट गर्दै यो संस्था सदैव नेपाली श्रमिकहरूको हक, हित अधिकारको सुनिश्चित कटिबद्ध रहेको बताउदै कार्यक्रम सफलता पुर्ण समापन भएको घोषणा गरेका थिए।