दोहा : नेपाल आदिवासी जनजाति महासंघ कतारको १६ औं स्थापना दिवशको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष पुरुषोतम सुनुवारको सभापतित्वमा निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार शिव कुमार भुजेलको प्रमुख अतित्थ्यमा सनैयाको प्लाजा मल स्थित ह्वाइट हाउस रेस्टुरेन्टको सभालमा सम्पन्न भएको हो ।
कार्यक्रममा पुर्ब अध्यक्षहरु, संस्थापक सदस्य तथा सल्लाहकारहरु, नेपाल आदिवासी जनजाति महासंघ कतारमा आवद्ध मातृ संस्थका अध्यक्षहरु, बिभागिय सचिबहरु, संघीय परिषद सदस्यहरु, विभिन्न मातृ संस्थाहरुबाट उपस्थित सदस्य हरुको उल्लेख्य सहभागीता रहेको थियो।
संस्थाका बरिस्ठ उपाध्यक्ष भाईकाजि गुरुङको स्वागत मन्तब्य सगै महासंघ कतारको संस्थागत संक्षिप्त परिचय तथा गतिविधि प्रस्तुत गर्दै नेपाली राष्ट्रिय गान र आदिवासी गितबाट सुरु भएको उक्त कार्यक्रममा उपस्थिति बाट १६ औं स्थापना दिवसको दिप प्रज्वलन, ब्यानर अनावरण र केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो।
कार्यक्रममा महासंघ कतारमा आवद्ध मातृ संस्था अध्यक्षहरु, तेन्जी सेर्पा, रामेश्वर मन्डल, जमुना श्रेष्ठ, युवराज भुजेल, नीर बहादुर सुनुवार, स्यामलाल चौधरी, सन्जय तामाङ, शंकरमान राई, टौमाया गुरुङ, हर्क खजुम लिम्बू, बिबेक पुलामी मगर सबैले आफ्नो संस्थागत परिचय तथा संक्षिप्त गतिविधि साथै १६ औं स्थापना दिवसको शुभकामना मन्तव्य राखेका थिए ।
मन्तव्यको क्रममा नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ कतार अध्यक्ष बिमल राईले शुभकामना मन्तव्य सगै मिठो कबिता वाचन गरेका थिए । मन्तव्यकै क्रममा संस्थाका सल्लाहकारहरु सामुयल सुनुवार, नियम भुजेल, रस गुरुङ, शंखलाल तामाङ, धिरज चाम्लिङ, संस्थापक सदस्य तथा सल्लाहकार द्वय बिल बहादुर गुरुङ र शुक बहादुर तामाङ, पुर्व अध्यक्ष तथा सल्लाहकार सियाराम चौधरी, पुर्व अध्यक्ष तथा बिशेष सल्लाहकार देबराज राई सबैले शुभकामना मन्तव्य सगै संस्थागत र स्थापनाकालको पृष्ठभुमि लगायत महत्वपूर्ण सुझाब राखेका थिए ।
प्रमुख अतिथि शिव कुमार भुजेलले १६ औं स्थापना दिवसको शुभकामना सङ्गै केही सुझाब सल्लाहका साथ संस्थाको उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गरे । सभापति पुरुषोतम सुनुवारले आफ्नो मन्तव्य राख्दै महासंघ कतारलाई अझै सकृय रुपमा अघिबढाउन कटिबद्ध भएर लागि पर्ने प्रतिबद्धताका साथ कार्यक्रम सम्पन्न गर्न खट्ने सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव एकराज राईले संचालन गरेका थिए।