कतारका लागि नवनियुक्त राजदुत डा. नरेश विक्रम ढकाललाई मधेशका संस्थाहरुले स्वागत गरेका छ्न ।
विहिबार दूतावासको सभाहलमा सम्पन्न भएको कार्यक्रममा मधेस प्रदेश समन्वय परिषद कतार , हेल्प मधेसी कतार तथा मधेस प्रदेशका विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुले महामहिमसङ्ग भेटघाट, स्वागत एवं परिचायात्मक कार्यक्रम सम्पन्न गरेका हुन ।
समाजसेवी मानिष यादवको समन्वयमा सप्पन्न कार्यक्रममा प्रमुख अतिथि महामहिम डा. ढकाल र नियोगका अन्य विशिष्ट व्यक्तित्वहरु विभिन्न संघ संस्थाका अध्यक्ष, सल्लाहकार, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
नव नियुक्त राजदूतलाई स्वागत गर्दै यादवले कतारमा स्थापित विभिन्न संघ संस्थाहरुको बारेमा तथा विशेष गरि मधेस प्रदेश भित्रका संस्थाहरुमा भएका आपसी असमझदारी, एउटै प्रदेशको नाममा दुईवटा संस्था मधेस प्रदेश समन्वय परिषद कतार तथा एउटै जिल्लाको नाममा दुईवटा संस्था सिरहा सेवा समिति कतारलाई एउटै बनाउन जोड दिए । यादवले महामहिमको कतार बसाई सुखमय बनोस भन्दै सफलताको कामना व्यक्त गरेका थिए ।
महामहिम ढकालले आफुहरु कतारमा रहेका सम्पूर्ण नेपालीको हकहितमा काम गर्ने प्रतिबद्धता सहित आएको भन्दै कतार स्थित नेपालीहरुको अभिभावक ग्रहण गर्ने दूतावास सङ्ग पनि सबै संघ सस्थाले समन्वय गर्नुपर्नेमा जोड दिए ।
ढकालले नेपाल र कतारबिचको सम्बन्धलाई थप मजबुत बनाउन आफ्नो प्राथमिकता रहेको बताए । कतारमा आगामी नोभेम्बरमा हुन लागीरहेको फिफा विश्वकपलाई सफल बनाउन सम्पूर्णमा आग्रह पनि गरेका थिए।
द्वितीय सचीव प्रवीण भट्टराईले मधेशका हरेक संघ संस्थाले नेपाली राजदूतावासका हरेक क्रियाकलापमा सकारात्मक रचनात्मक भुमिका निभाएको भनि खुलेर प्रसंशा गरेका थिए। राजदुत ढकालले कार्यभार सम्भाले सङ्गै यहाँ रहेका विभिन्न संघ संस्था तथा कुटनितिक भेटघाटलाई तिव्रता दिएका छन।