इजरायल, तेल अभिव - नेपाली नारिहरुको महान चाड हरितालिका तिज तथा चौथा पुजाको पावन अवसरमा आउँदो अगस्ट २६ तारिखका दिन तेल अभिव युनिभर्सिटीमा तिज मेघा महोत्सव -२०७९ भब्य रुपमा हुने भएको छ।
नेपालका चर्चित अतिथि राष्ट्रिय कलाकारहरुको उपस्थितिमा हुन लागेको साँगितिक कार्यक्रम गैर आवासीय नेपाली संघ इजरायल र झापाली समाज इजरायलको मुख्य आयोजना तथा त्यहाँ स्थापित अन्य सामाजिक संस्थाहरु नमस्ते नेपाल हातेमालो सामाजिक संस्था,मातृभुमिका लागि पर्वत सेवा समाज इजरायल, इजराईल गोर्खा एसोसिएसन,हिन्दु जागरण अभियान इजरायल,चितवन समाज इजरायल,सहृदयता अन्तर्राष्ट्रिय इजरायल,इन्डियन गोर्खाज कम्पनी इजरायल लगायतका संस्थाहरुको आयोजनामा हुन लागेको हो।सांगीतिक मनोरञ्जानात्मक कार्यक्रम २६ अगस्ट २०२२ शुक्रबार बेलुका ७ बजे देखि हुने आयोजकले जनाएको छ।
सांगीतिक कार्यक्रमलाई भब्यरुपमा सफल बनाउन नेपालबाट ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु,कुलेन्द्र बिक,टीका सानू, पुष्पन प्रधान,राजन राज सिवाकोटी लगायतका कलाकारहरु आउने भएका छन।कार्यक्रममा आमन्त्रित कलाकारहरुको प्रस्तुतिले सबैलाई छमछमी नचाउनेमा भरपुर बिश्वास रहेको छ।
बिशेष गरि नेपाली महिलाहरुको रोजगारीका लागि मुख्य गन्तव्य स्थलको रुपमा रहेको इजरायलका विभिन्न क्षेत्रमा छरिएर रहेका नेपाली दिदिबहिनीहरुलाई महान चाड हरितालिका तिजको अवसरमा भेटघाट,नेपाली मौलिक चाडको आभास संगै थप मनोरञ्जन दिलाउनको लागि मेघा तिज सांस्कृतिक तथा दर खाने कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था मातृभुमिका लागि पर्वत सेवा समाज इजरायलका अध्यक्ष रिचा कुसुमले मुग्लानी खबरलाई जानकारी गराएकी छिन।