बागमती प्रदेश साउन १।काठमाडौँ, राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान)ले ओसिस पार्टी प्यालेसको सभाहलमा आफ्नो तेस्रो अधिवेशन बिहीवार सप्पन्न गरेको छ।
राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान)का अध्यक्ष ओम प्रसाद ढकालको सभापतित्वमा शुरु भएको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय कृष्ण राई रहेका थिए।त्यसैगरी उपस्थित बिशेष अतिथिहरुमा गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा, प्याब्सन केन्द्रीय सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष प्रेम कुमार राई,प्याब्सन काठमाडौं जिल्ला उपाध्यक्ष सुर्य बहादुर भण्डारी प्याब्सन काठमाडौं जिल्ला उपाध्यक्ष रीता राइ दाहाल, प्याब्सन काठमाडौं जिल्ला सचिव सुदर्शन थापा, प्याब्सन काठमाडौं महानगर अध्यक्ष ज्ञान बहादुर श्रेष्ठ, एन प्याब्सन गोकर्णेश्वर अध्यक्ष मोहन अधिकारी, प्याब्सन गोकर्णेश्वर सह सचिव अनिल पराजुली प्याब्सन गोकर्णेश्वर अध्यक्ष दुर्गानाथ सिवाकोटी, प्याब्सन कागेश्वरी अध्यक्ष श्रीराम दाहाल लगायत निसानका पधाधिकारी सहित बिभिन्न बिध्यालयका प्रतिनिधिहरु बुद्धिजीवी ,शिक्षाप्रेमी लगायतको बाक्लो उपस्थिति रहेको थियो।
राष्ट्रिय संस्थागत बिधालय संघ नेपाल ( निसान) को चर्चा परिचर्चा गर्दै कार्यक्रमको पूर्ण सफलता र उक्त कार्यक्रम पश्चात् नवनिर्वाचित हुने नयाँ कार्यसमितिलाई अग्रिम बधाई तथा पुरानो कार्यसमितिलाई धन्यवाद दिदै गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा, प्याब्सन केन्द्रीय सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष प्रेम कुमार राई,प्याब्सन काठमाडौं जिल्ला उपाध्यक्ष सुर्य बहादुर भण्डारी, प्याब्सन काठमाडौं जिल्ला उपाध्यक्ष रीता राई दाहाल, प्याब्सन गोकर्णेश्वर सह सचिव अनिल पराजुली लगायत विभिन्न ब्यक्तित्वहरुले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाले विभिन्न समयमा गरेका प्रगतीहरुका बारेमा संस्थाका अध्यक्ष ओम प्रसाद ढकालद्वारा प्रगती प्रतिवेदन तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष नवराज सापकोटाद्वारा प्रस्तुत गरिएको थियो।संस्थाको तेस्रो अधिवेशनमा उपस्थित भेलाले सौर्यनाथ आचार्यको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ। जसनुसार बरिष्ठ उपाध्यक्ष- अरुण पौडेल, उपाध्यक्ष- जित बहादुर बस्नेत, उपाध्यक्ष - युवराज काफ्ले,महासचिब -नवराज सापकोटा,उप महासचिब द्वय अरुण प्रधान, घनेद्र भट्टराई,सचिबहरुमा द्वय राजेश घिमिरे र अर्जुन प्रधान, कोषाध्यक्ष -सुरेश कुमार भट्टराई, सह कोषाध्यक्ष- पुष्पा प्रधान रहेका छ्न।
त्यसैगरी अधिवेशनबाट सर्बसम्मतिमा चयन हुने सदस्यहरुमा दोर्जे शेर्पा, राजेन्द्र बिष्ट,दिनेश बस्नेत, ,डम्बर बहादुर भट्टराई , रमा पोखरेल ,शिवमणि ढकाल, बिक्रम पौडेल,निराजन सेढाई रहेका छन।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय कृष्ण राईले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।यसैक्रममा नवनिर्वाचित अध्यक्ष सौर्यनाथ आचार्यले तेस्रो अधिवेशन बाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुन साथ सहयोग दिनुहुने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेका थिए।