अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्य वाचनालय कतारको आयोजनामा २०८ औ भानुजयन्ती जैद्दा स्थित माउन्ट एभरेस्ट रेस्टुरेन्टको सभाहलमा मनाईएको छ।
अनेसास नवोदित साहित्यिक वाचनालय कतारद्वारा हुँदै आएको नियमित साहित्यिक वाचन शृङ्खलालाई निरन्तरता दिदै १२६ औ वाचन डबली सहित आदिकवी भानुभक्त आचार्य को सम्झना गर्दै भानुजयन्ती मनाईएको हो।संस्थाका अध्यक्ष मणि पौडेल,नवोदित साहित्यिक वाचनालय कतारका अध्यक्ष टीका खड्का 'राष्ट्रप्रेमी' संस्थाका सल्लाहकारहरु प्रेम प्रसाद भट्टराई ,सिताराम थापा लगायत साहित्यकारहरुद्वारा भानुभक्त आचार्यको फोटोमा माल्यार्पण तथा दिप प्रज्वलन गर्दै कार्यक्रम शुरु गरिएको थियो।
हरेक कार्यक्रममा नयाँ बिशिस्ट श्रोताको उपस्थितिमा शुरु गरिने कार्यक्रममा आदिकवि भानुभक्त आचार्यलाई नै स्वयं बिशिस्ट स्रोताका रुपमा मानिएको थियो।साहित्यकार रुप रसाइली आदिकवी भानुभक्त आचार्यको जीवनी फरक तथा रचनात्मक रुपमा प्रस्तुत गरे पश्चात करिब दुई दर्जन साहित्यकारहरुले आफ्ना सृजनाहरु वाचन गरेका थिए। साहित्यकार लेख कार्किद्वारा सहजीकरण गरिएको कार्यक्रममा साहित्यकारहरु प्रेम प्रसाद भट्टराई,टीका खड्का ' राष्ट्रप्रेमी' , पबित्रा खड्का,रुप रसाईली,विवस लिम्बु बियोगी,सोम थापा,शेखर बस्नेत,दिलिप पराजुली,सिताराम थापा,गणेश क्षेत्री,बिन्दा लामा,प्रकाश पाठक,श्यामराज रानाभाट,खेमराज सुवेदी,लिलानाथ पौडेल,सुरेश परियार,धर्म सन्देश,चक्र कार्की,निरन नेपाल,डि एन मगर,लेखनाथ क्षितिज दिप मिलन लगायत दर्जनौं श्रष्टा तथा सर्जकहरुद्वारा मिठा रचनाहरु वाचन गरेका थिए।
अन्त्यमा अनेसास कतारका अध्यक्ष मणि पौडेलले उपस्थित सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै आफ्नो रचना वाचन गरि कार्यक्रम समापन भएको घोषणा गरेका थिए।