गत १० जुलाई २०२२ का दिन संघीय लिम्बुवान सामाजिक मञ्च कतारले इस्लाम धर्मावलम्बिहरुको दोस्रो महान चाड इद अल अधाको अवशरमा दोहाको नज्मा स्थित दि गोरखा रेष्टुरेन्टको सभा हलमा सांगठानिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सलिसाम कतारका अध्यक्ष रेखा राईको सभाध्यक्षमा सम्पन्न भएको सो कार्यक्रममा मञ्चका सचिव मञ्जु सावाँको स्वागत मन्तव्य र प्रवक्ता भविन्द्र तुम्बापो, सचिवहरु दिपेन शेनेहाङ, खगेन्द्र नेम्बाङ, अमिर लावती, उपाध्यक्षदय युवराज वेघा, कुमारसिं योङहाङ, वरिष्टउपाध्यक्ष डम्बर लिबाङ मिसेक र प्रमुख सल्लाहकार सिताराम थेवे लगायतले फरक–फरक शिर्षकमा विचार राखे भने, महासचिव सुजन पराहाङले कार्यक्रमको सहजकर्ताको भुमिका निर्वाह गरेका थिए ।
कार्यक्रमको अन्तमा आफ्ना भनाईहरु राख्ने क्रममा अध्यक्ष राईले भनिन्, देशमा यतिखेर पहिचानवादी र एकात्मकवादीहरु विच वार कि पारको लडाई लड्नुपर्ने अवस्था आएको हुनाले देश तथा विदेशमा रहेको पहिचानवादी, संघीयवादी, सहअस्तिप्ववादीहरु एक भई प्रदेश एकको नामाङकनका लागि तमतयार अवस्तामा रहनुुपर्ने बताइन ।
एकात्मकवादीहरु द्धारा समाप्त पारि सकिएको पहिचानको आन्दोलनलाई पुन जिवित गराउन वा हजारौं बर्षका लागी बन्द गरि सकिएको पहिचान सहितका प्रदेशका ढोकाहरु पुन खोल्नका लागि पनि प्रदेश एक भित्रका दुई फरक ऐतिहासिक विशेषता हरुको पहिचान खुल्नेगरि “लिम्बुवान किरात” नामाङकन गर्नुपर्ने उनले जिकिर गरिन । अध्यक्ष राइले थपिन, प्रदेश एक को नामाङकनका सवालमा अन्य प्रदेशहरु जस्तो सहज नभएको । सत्ता र शक्तिको आडमा जनताको भावना माथि बल प्रयोग गर्न खाजिए ? देशमा गृहयुद्ध हुने खतारा निश्चित भएको हुनाले, समय छदै सरोकारवाला पक्षको ध्यानकर्षण गराएकी थिइन ।