मेनुका बास्कोटा अल्खोर कतार,२५ असार ।: सन्ध्याग्रुप अल्खोर कतारको खेलकुद विभागद्वारा आन्तरिक रुपमा आयोजित खेलकुद प्रतियोगिता अल्खोर स्थित लेवर कम्लेक्सको स्टुडियममा सम्पन्न भएको छ।
इस्लाम धर्मावलम्बीहरुको दोश्रो महान चाड बकर ईदको अवसर पारेर आन्तरिक भेटघाट तथा खुशीयाली साट्ने उदेश्य अनुरुप खेलकुदको आयोजना गरिएको थियो।संस्थाका खेलकुद विभाग प्रमुख सन्दिप सापकोटाको संयोजकत्वमा प्रतियोगिता भएको थियो।कतारको बर्तमान तापक्रमलाई मध्येनजर राख्दै सहज वातावरणमा सम्पन्न गर्न पुराना खेलहरु 'म्युजिकल चेयर', 'तातो आलु' र 'हन्डिफोर' लगायत खेलहरुको आयोजना गरिएको थियो।
संस्थाका संरक्षक प्रेम प्रसाद भट्टराईले खेलकुदका बारेमा ब्रीफिङ गर्दै उद्घाटन गरेका थिए।हन्डिफोर खेलमा १७ जना प्रतियोगी खेलाडीहरुले भाग लिएका थिए भने उक्त खेलमा अंजिता पौडेलले जित हात पारेकी छिन।त्यसैगरी म्युजिकल चेयर प्रतियोगीतामा ५ जना प्रतिस्पर्धिहरु थिए जस अनुसार चार जना अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै सनिकला स्याङ्तानले जित हात पारेकी छिन।यसैक्रममा तेस्रो खेल २५ जना खेलाडीहरुले खेलेका थिए जस्मा अन्जिता पौडेलले जित हासिल गरेकी छिन।
संस्थाका प्रमुख सल्लाहकार राम प्रसाद पराजुली,विशेष सल्लाहकार रामजी अधिकारी,सल्लाहकार अर्जुन पौडेल लगायत ज्योति पौडेल,कार्यसमितिका पदाधिकारीहरु खेलमा प्रतिस्पर्धा तथा हेर्न नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थिति रहेको थियो। खेलकुदमा बिजेताहरुलाई नगद पुरुस्कार र प्रमाणपत्र यहि आउदो जुलाई २८ गते बिहिबार हुने मुग्लानी सौगातको वाचन डबलीमा हस्तान्तरण गरिने आयोजकले जनाएको छ।
खेल सम्पन्न गर्न संरक्षक प्रेम प्रसाद भट्टराईले अहम भुमिका निर्वाह गरेका थिए भने ब्यबस्थापनमा संस्थाका द्वितीय उपाध्यक्ष राज रुचाल र तृतीय उपाध्यक्ष चक्र कार्किले विशेष भुमिका निर्बाह गरेका थिए।अन्त्यमा संस्थाका अध्यक्ष गणेश क्षेत्रीले ब्यस्त समयका बाबजुद पनि उपस्थित भएर वा खेलमा भाग लिएर साथ दिनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गरेका थिए।