साम सुनुवार, कतार
दोहा, कतार : बकर–इद (इद–उल–अधा)को अवसरमा आयोजित दोस्रो युनाइटेड यूथ क्लब नकआउट नाइन–ए–साइड प्रतियोगिताको फाईनलमा प्रतिद्वन्दी नाईन-स्टार र आयोजक युनाइटेड युथ एफसि, कतार बिचको प्रतिस्पर्धा खेल निर्धरित समय बिना गोल सकिए पछि पेनाल्टी प्रहारमा आयोजक टिमले प्रतिद्वन्दीलाई ६-५ सडेनडेथ गोलमा पराजित गर्दै उपाधि जितेको हो ।
प्रतियोगितामा कुल ३२ टिमको सहभागिता रहेको थियो । सहभागी टिम सबै खेलाडीहरु आफै मिलेर क्लबको नाम आफु कार्यरत कम्पनीको नाम राखेर सहभागि बनेका थिए भने सस्थागत रुपमा मोना कतार मात्र सहाभागि बनेको थियो । प्रतियोगिताको विजेतालाई १८०१ रियाल नगद, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेतालाई१२०१ रियाल नगद, ट्रफी, मेडल र प्रमाणपत्र क्लबका ब्यबस्थापक गौतम श्रेष्ठ र प्रबासि भुजेल समाज कतारका उपाध्यक्ष उमेश भुजेलले बितरण गर्नु भएको थियो ।
प्रतियोगितामा ब्यक्तिगत बिधा तर्फ
उत्कृष्ट खेलाडी : पर्विन राई (9star FC)
उत्कृष्ट डिफेन्डर: बिसु तामाङ (9 star FC)
सर्वाधिक गोलकर्ता: पारस लिम्बु( NYC Qatar) ५ गोल
उत्कृष्ट गोेल रक्षक: आसिस लिम्बु ( UYFC)
उत्कृष्ट प्रशिक्षक : स्याम तामाङ( UYFC)
भने सेमिफाईनल र फाइनालको म्यान अफ द म्याच आसिस लिम्बु( (UYFC), सागर केसि(PETRO FC)पासाङ लामा(UYFC) चुनिएका थिए ।
प्रतियोगिता ७तरिका बिहिवार बेलुका नेपालि भेट्रान टिम, कतार र UYFC भेट्रान टिम बिच खेल खेलेर उदघाट्न गरिएको थियो । आयोजकले खेल पश्चात नेपालि भेट्रान टिमका खेलाडिहरुलाई सम्मान गर्दै ट्रफि मेडल बितरण गरिएको थियो । सम्पुर्ण आयोजक टिमको तर्फबाट खेल हार जित भन्दा पनि नेपालि भेट्रान टिमका अग्रज दाईहरुलाई सम्मान गर्ने योजना अनुरुप गरेका बताए । भेट्रान टिमलाई सम्मान पश्चात खुल्ला तर्फको खेल सुरुवात गरिएको थियो । खेल समापन ११ तारिक सोमबार बिहान ४ भएको आयोजकले बताए ।
प्रतियोगिता सफल बनाउन मुख्य प्रायोजक नेपाली भेट्रान एफसी कतार, सह-प्रयोजक गोर्खा बाईक राईडर ट्रेडिङ डब्लु एल एल, न्यु सारा ब्युटी सलुन र सहयोगिहरुमा दि गोर्खा नेपाली रेस्टुरेन्ट, मण्डला रेस्टुरेन्ट , रोयल नेपाली रेस्टुरेन्ट, झापा एफसी, एच क्यु हाईक्वालिटी टेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनी रहेका छ्न । ब्यनार प्रायोजन NRNA-NCC, Qatar का खेल सयोजक रबिन मगरले गर्नु भएको थियो । ब्यक्तिगत रुपमा पनि अग्रज समाजसेविहरुबाटआर्थिक सहायोग भएको आयोजकले बताउनु भयो । भने अफिसियल मिडियाहरुमा गोल नेपाल डटकम, मध्यान्ह, मुग्लानी खबर, अखबर नेपाल, आदर्श सन्चार, जनचासो खबर, दिप सन्चार, एभरेस्ट दैनिक क्युएन खबरले साथ दिएका थिए ।
विशेष गरेर बिदाको समयमा कतारमा रहेका नेपालीहरू बिच भाईचारा, स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले युनाइटेड यूथ एफसिले प्रतियोगिता आयोजना गरेको र पहिलो प्रतियोगिता भन्दा यो दोस्रो प्रतियोगितामा धेरै साथ सहयोग मिलेकोले आगामि दिनको लागि अझ हौसला बढेको संयोजक सुनिल लामा तामाङले बताउनु भयो।