दोहा - विवेकशील साझा कतारका संयोजक गणेश कार्की प्रवासी नेपाली मञ्चमा प्रवेश गरेका छ्न ।
दोहा स्थित ओसिस बीच होटलको सभाहलमा मञ्च कतारको छैटौं अधिबेशनको क्रममा विवेकशील साझा परित्याग गरी आधिकारिक रुपमा मञ्च प्रवेश गरेका हुन ।
उन्लाइ कार्यक्रमका प्रमुख अतिथि एमालेका महासचिव शंकर पोख्रेलले खादा लगाई बधाई अर्पण गरेका थिए भने अध्यक्ष चानख पोखरेलले स्वागत गरेका थिए ।
२०१७ मा रविन्द्र मिश्र द्वारा बैकल्पिक रूपमा स्थापित साझा मार्फत सदस्यता लिएका कार्की पार्टी एकता पछी विवेकशील साझा हुदै स्थापना कालबाटै निरन्तर संघर्ष गरी देश रूपान्तरणका लागी बैदेशिक भूमीबाट परिवारलाई भन्दापनि बढी समय पार्टी लाई दिएर दत्तचित्त भएर लागि परिआएका थिए ।
कार्की सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा नं. ३ नडाहा निविशी हुन । कतारमा विभिन्न पदीय जिम्मेवारी समाल्दै २०१९ बाट कतारको नेतृत्व समालेका कार्कीले आफ्नो कार्यकालमा कतारमा स्थापित विभिन्न संघ-संस्था, देखी नेपाली दुतवास संगपनि उतिनै नजिक रही संगठनलाई कतारमा परिचित गराउनुका साथै सामाजिक कार्यका लागी पनि निकै ठुलो भूमिका निर्वाह गरेका थिए।
सङ्गठन प्रवेश पश्चात आफ्नो मन्तब्य राख्ने क्रममा कार्कीले विवेकशील साझाले माथिल्लो नेतृत्व र केन्द्रीय समितिका कारण निरन्तर टुट,फुट र ईगोका कारण अन्ततः पूर्ण रूपमा उठ्नै नसक्ने गरी विवेकशील साझा सकिएको जिकिर गर्दै देश रूपान्तरणमा एमालेको विकल्प नभएको बताए ।
साथै नेपालमा मात्र २ पार्टीको आवश्यक्ता रहेको बताएका कार्कीले निरन्तर एमालेमा रहेर आफुले सक्ने योगदान गर्ने प्रतिवद्दता समेत व्यक्त गरेका थिए । कार्यक्रममा कार्की सङ्गै अन्तर्राष्ट्रिय रोल्पा सेवा समाजका अध्यक्ष दीपेन्द्र डिसि लगायतका मञ्च प्रवेश गरेका थिए ।