इजरायल २५ असार। प्रबासी नेपाली मञ्च इजरायलको दोश्रो अधिबेशनबाट अध्यक्षमा ज्योती शर्मा निर्बाचित भएकी छिन।
नेपालीहरुको रोजगारीको आकर्षक देशको रुपमा रहेको इजरायलमा कार्यरत नेपालीहरुको संगठन प्रवासी नेपाली मंच इजरायलको दोश्रो ऐतिहासिक अधिवेशन जुम अनलाईन तथा प्रत्यक्ष उपस्थितिमा सम्पन्न भएको छ। नेकपा एमाले स्थायी कमिटी सदस्य प्रवास बिभाग प्रमुख डा.राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको बिशेष अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य यूवा इन्चार्ज महेश बस्नेत,प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटिका अध्यक्ष भक्त गुरुङ,सचिव रमेश पाण्डे, सचिवालय सदस्य प्रभु थापा लगाएत अन्तर्राष्ट्रिय कमिटी महिला बिभाग प्रमुख कुन्ती थापा, सल्लाहकार संजय थापा,मध्यपुर्व महादेशीय कमिटी इन्चार्ज चानक पोखरेल, मध्यपुर्व महादेशीय कमिटी अध्यक्ष कमलमणि गुराँगाई, सचीव शालिकराम पन्त रहेका थिए।
त्यसैगरी अन्तर्राष्ट्रिय कमिटिका नेताहरु,बिभिन्न रिजनका इन्चार्जहरु तथा अध्यक्षहरु,राष्ट्रिय कमिटिका अध्यक्ष तथा सचीवहरु,इजरायल संगठित विभिन्न पार्टीका भातृसंगठन बाट आमन्त्रित अध्यक्ष तथा प्रतिनिधिहरु, गैर आवासीय नेपाली संघ,विभिन्न क्षेत्रिय जातिय संघ सस्थाबाट जुम भर्चुअल मार्फत उपस्थिति रहेको थियो। कार्यक्रममा जुम तथा प्रत्यक्ष रुपमा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु,बुद्धिजीवी राजनितिकर्मी,कलाकार,साहित्यकार लगायत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
रोजगारीको क्रममा प्रवासमा रहेर आफ्नो कार्य ब्यस्तताको बाबजुद पनि सन २०१६ मा कम्युनिस्ट बिधालयको रुपमा प्रवासी नेपाली मञ्च इजरायलको स्थापन गरि जुलाई २०२२ सम्म कुशल नेतृत्व गरि निवर्तमान अध्यक्ष तिर्थ गौतमले नेतृत्व हस्तान्तरण गरेका छन। गत ८ जुलाई २०२२ का दिन भएको अधिवेशनको बन्दसत्र बाट ज्योती शर्माको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति चयन गरिएको छ।
नवनिर्वाचित कार्यसमिति यस प्रकार रहेको छ।
अध्यक्ष - ज्योती शर्मा,उपाध्यक्ष - गिता सुवेदी,सचिव- मिना चुडाल,उप सचिवहरु - पायल कटुवाल,शिवराज खड्का,कोषाध्यक्ष -पार्वती केसी,महिला विभाग प्रमुख-ठुली चन्द्राकला कोई राई,युवा संयोजक- धिरेन्द्र कुमार ( समीर) प्रधान,सांस्कृतिक विभाग प्रमुख नवराज वली,प्रवक्ता - रमेश जोशी,रहेका छ्न।त्यसगरी निर्वाचित सदस्यहरुमा अन तिमल्सिना,नरेन्द्र लामिछाने ,जानू जिसी,गोविन्द राजथला,रश्मि राई( गुराँस ),ईन्दिरा केसी,गोमा उप्रेती,सीता कोईराला ,इवा कार्कि,कबिता श्रेष्ठ ,जानुका चापागाई र पबित्रा भन्डारी रहेका छन।