दोहा : नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारकाे भातृ संगठन नेपाल तामाङ ताम्बा घेदुङ कतारद्वारा "ताम्बा वृहत् सांस्कृतिक कार्यक्रम" सम्पन्न गरेको छ ।
मुस्लिम धर्मवलम्बिहरुको महान पर्व बक्री ईदकाे सु-अवसरमा स्थानीय चर्चित कलाकारहरुको बेजोड प्रस्तुतिका साथमा गत सनिश्चवार जुलाई ९ तारिकका दिन बृहत उपस्थितिमा सम्पन्न गरिएको हो ।
ताम्बा घेदुङ प्रवास कार्यसमिति कतारका अध्यक्ष राम बहादुर तामाङको सभापतित्व, घेदुङ कतारका संरक्षक, नेपाल तामाङ घेदुङ संघीय समिति तथा कतार ईन्चार्ज बिनेष तामाङको प्रमुख आथित्यमा, घेदुङ कतारका अध्यक्ष इन्द्र तामाङ, प्रमुख सल्लाहकार एक्का प्रसाद तामाङ, लामा गुरु लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाबाट उपस्थिति अतिथि हरुद्वारा ब्यानर उट्घाटन, दिप प्रज्वलन गर्दै औपचारिक कार्यक्रमको सुचारु गरिएको थियो ।
सदस्य बिन्दा लामाको स्वागत मन्तव्य रहेको कार्यक्रममातामाङ समाजको मौलिक प्रमुख बाजा डम्फुको बारेमा संचालिका कमला दाेङ तामाङले, पेङदोर्जेले बजाएर हेर्दा ‘ताक धुइ धुइ’को धुन आएपछि वनका सबै जनावर, देवीदेवता खुशी भएर नाचेको, डम्फू बजाउँदा डाँफे चरी नाचेको दृश्यबाट प्रभावित भएर पेङदोर्जे म्हेम्हेदेखि नै घुमेर नाच्ने किंवदन्ती रहेको लगायत बिस्तृत रुपमा, कार्यक्रममा जानकारी गराएकी थिइन ।
प्रमुख अथिती बिनेष तामाङले बोल्दै बिदेशमा भएरपनि आफ्ना धर्म,संस्कृती, रितिरिवाज, परम्परा जोगाउन यस्ता कार्यक्रम गर्नु अपिहार्य रहेको बताए । तामाङ हरुका विभिन्न धर्म संस्कार संस्कृती मध्ये "ताम्बा" एक महत्त्वपूर्ण आफैमा इतिहास बोकेको संस्कृती रहेको भन्दै प्रमुख अतिथि तामाङले २५ लाख तामाङ हरुको आधिकारिक संस्था "घेदुङ " रहेको जानकारी गराए । कतारमा रहेका सम्पुर्ण तामाङ हरु एकजुट हुन आग्रह गर्दै महत्त्वपूर्ण कार्यक्रममा सान्दर्भिक भनाइ राख्न दिएकोमा संस्था प्रती आभार व्यक्त गर्दै आफ्नो मन्तव्य राखेका थिए ।
तामाङ जातिको इतिहास, सामाजिक परम्परा र धार्मिक कर्मकाण्डको ज्ञान भएकाले तामाङका धार्मिक, सांस्कृतिक एवं विवाह संगठनलाई व्यवस्थित बनाउने काम पनि ताम्बाकै हुने हुँदा, ताम्बा, तामाङ संस्कृतिको मर्मज्ञ, प्रतिपालक, इतिहासकार, धार्मिक र सामाजिक कार्यको अगुवा रह्नने कार्यक्रममा बोल्ने अन्य वक्ता हरुले बताए ।
कार्यक्रमलाई साङ्गितिकमय बनाउनको लागि मौलिक बदेल नाच, ताम्बा प्रस्तुति, डम्फु नाच , डम्फुला ह्वाई , तामाङ दाेहाेरी रुपमा मानिने फापरे व्हाई, (फापरे गित) लगायतका विभिन्न गितमा उत्तम तामाङ , प्रिया तामाङ, शशीकला तामाङ, कमला घिसिङ तामाङ , सपना घलान तामाङ , सृष्टि श्रेष्ठ , पार्वती तामाङ , सन्ध्या अर्याल , समीर तामाङ , संन्च माया तामाङ, सुर्जे बहादुर तामाङ , गाैतम माेक्तन तामाङ , सपना घलान तामाङ ,शुन्दर माेक्तन तामाङ , मसिनी तामाङ , सुमन तामाङ, सिर्चेन तामाङ , बनिता राईले प्रस्तुति दिएका थिए। साथै कलाकार, पत्रकार स्वयंसेवक लगायत विभिन्न व्यक्तित्व हरुलाइ सम्मान गरिएको थियो ।
तामाङ घेदुङका सचिव भिमराज स्याङ्वाे तामाङ र आजीवन सदस्य कमला दाेङ तामाङले सहजीकरण गरेको कार्यक्रममा बोल्दै सभापति राम बहादुर पाख्रिन तामाङले कार्यक्रम सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने , सभाहलमा उपस्थिति विभिन्न संघ संस्थाका प्रमुख ,प्रतिनिधि सहभागी सम्पुर्णमा हार्दिक धन्यवाद दिदै कार्यक्रमलाई समापन भएको बताए ।