दोहा - प्रदेश नं १ समन्वय परिषद् कतारको दोस्रो अधिबेशन हुने भएको छ ।
"समृद्धि हाम्रो सरोकार, उद्दमशीलता यसको आदार " भन्ने मुल उदेश्य लिएर सन : २०१७ मा स्थापना गरिएको संस्थाले आउँदो १९ अगस्ट शुक्रबारका दिन दोहा ओसिस बीच होटलमा आफ्नो ऎतिहासिक दोस्रो अधिबेशन गर्न लागेको हो ।
१ जुलाई २०२२ मा बसेको पुर्ण बैठकले कार्यक्रम भब्य- सभ्य तयारीकाले सफल बनाउनको लागि विभिन्न समितिहरुको गठन गरिएको समन्वय परिषद् कतारका महासचिव निरन नेपालले बताए ।
प्रदेश नं १ मा ओखलढुंगा, उदयपुर, खोटाङ, सोलुखुम्बु, झापा,इलाम पाँचथर, तेह्रथुम, मोरङ, भोजपुर, संखुवासभा,धनकुटा, ताप्लेजुङ, सुनसरी गरि १४ जिल्ला रहेका छ्न ।
उक्त दिन कतारमा रहेका सबै प्रदेश बासीहरु तथा नेपाली दाजुभाइ दिदिबहिनी हरुले कार्यक्रममा उपस्थिति जनाएर भब्य रुपमा सफल पारीदिनको लागि आयोजक संस्था प्रदेश नं १ समन्वय परिषद कतारले आग्रह गरेको छ ।