दोहा, कतार / कतारको परोपकारी संस्था कतार च्यारिटीले कतारमा रहेका नेपाली समुदायहरुको लागि स्वास्थ्य सामाग्री बितरण गरेको छ ।
महिला तथा बच्चाहरुको सहयोग कार्यक्रम अन्तर्गत नेपाली समुदायको लागि गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार लाई प्राप्त स्वास्थ्य स्यानिटरि,बच्चाहरुको पोषण खाना र स्यानिटरी सामाग्री शुक्रबार बितरण गरिएको हो ।
एनआरएनए एनसीसी कतारको महिला बिभाग र नेपाली महिला समाज कतारद्वारा कतारमा बसोबास गर्ने नेपाली परिवारका महिला र बच्चाहरूलाई सामाग्री बितरण गरिएको एनआरएनए एनसिसि कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए ।
सामाग्री बितरण कार्यक्रममा एनसीसी कतारका सल्लाहकार मोहम्मद अजिज अलि, भाईकाजी गुरुङ, कार्यसमितीका पदाधिकारी एवं सदस्यहरु, नेपाली महिला समाज कतारकी प्रथम उपाध्यक्ष माया केसी र कार्यसमिति तथा एनसीसी कतारको महिला बिभागका सदस्यहरुको उपस्थिति रहेको थियो ।
बितरण गरिएका सामाग्रीका बिबरणहरु:
१) टुथ पेस्ट - ५०० वटा
२) टुथ ब्रस - ५०० वटा
३) बेबि डाइपर साईज १ - ५९४ वटा
४) बेबि डाइपर साईज २ - ९०० वटा
५) बेबि डाइपर साईज ३ - ४६८ वटा
६) बेबि डाइपर साईज ४ - ११२० वटा
७) फेसियल टिस्यु - ४६८ प्याकेट
८) वेट वाईप टिस्यु - १५३ प्याकेट
९) बच्चाको पोषण खाना - १२० प्याकेट
१०) महिला स्यानिटरी प्याड - ८३ प्याकेट
११) टेम्प स्यानिटरि प्याड - २४ प्याकेट