बागमती प्रदेश। काठमाडौ स्थित गोकर्णेश्वर नगरपालिकाको दोश्रो कार्यकालको प्रथम नगरसभा सम्पन्न भएको छ।
नगरप्रमुख दिपक रिसालको अध्यक्षता तथा नेकपा एमाले पोलिटब्युरो सदस्य एबम प्रतिनिधि सभा सदस्य माननीय कृष्ण बहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशेष अतिथिहरु नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक माननीय छिरिंग दोर्जे लामा,नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का क्षेत्रीय सभापति एबम गोकर्णेश्वर नगरपालिकाका निवर्तमान नगर प्रमुख सन्तोष चालिसे, निवर्तमान नगर उप प्रमुख शान्ती नेपाल , नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ प्रदेश 'क' सभापति श्रीराम चालिसे, नेकपा एमाले गोकर्णेश्वर अध्यक्ष उद्धव बिष्ट, नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापति कुमार लामा बिभिन्न राजनीतिका दलका प्रतिनिधिहरु, कार्यपालिका सदस्यहरु ,नगर सभासदस्य बुद्धिजीवी समाजसेवी नगर कर्मचारीहरु लगायत स्थानीय दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो।कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्य माथी स्पष्ट पारेका थिए ।कार्यक्रमको उद्घाटन सत्रमा नगरपालिका उप प्रमुख सानान्नी लामाले शुभकामना मन्तब्य राखेकि थिईन।लामाले बोल्दै भ्रस्टाचार आधारभुत पूर्वाधारहरु निर्माण गरि समृद्ध भ्रष्टाचार मुक्त सुन्दर र नमुना नगरपालिका बनाउन केन्द्रित हुने प्रतिबद्धता ब्यक्त गरेकी थिइन साथै पञ्च बर्षे योजना सहित बिकास निर्माणका कार्यक्रमहरु अगाडी बढाउने बताएकी थिईन। उक्त सभामा गोकर्णेश्वर नगरपालिकाले आर्थिक बर्ष २०७९ / ८० को लागी कुल २ अर्ब १० करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ।नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का क्षेत्रीय सभापति एवं गोकर्णेश्वर नगरपालिकाका निवर्तमान नगर प्रमुख सन्तोष चालिसेले विकासका अधिकांस कामहरु शुरुवात गरिसकेको हुँदा उक्त विकासका कार्यहरूलाई पुर्णता दिलाउन नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए भने बिगतका वर्षहरुको दाजोमा काम भएकोले नव निर्वाचित जनप्रतिनिधिहरुलाई आगामी दिनमा काम गर्न सहज हुने बिश्वास ब्यक्त गर्दै सबैजनाले हातेमालो गर्दै विकास निर्माणका काममा लाग्न अनुरोध गरेका थिए।त्यसैगरी नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक माननीय छिरिंङ दोर्जे लामाले बोल्दै जनप्रतिनिधिले नीति योजना बनाउने र त्यो नीति योजनालाई कार्यान्वयन गराउने काम प्रशासनको भएको बताएका थिए। सचेतक लामाले बागमती प्रदेशले बनाएको ऐन नियम अनुसार नगर सभा संचालन गर्न ध्यानाकर्षण समेत गराउदै नगरसभा पुर्ण सफलताको शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य एवं प्रतिनिधि सभा सदस्य माननीय कृष्ण बहादुर राईले बिगतका दिनहरुमा शुरुवात गरिएका पुर्वाधार विकासका काम ,शिक्षा स्वास्थ कृषि रोजगारी लगायत जनताको मन जित्ने काम गर्नुपर्नेमा जोड दिदै नगरसभा सफलताको शुभकामना ब्यक्त गरेका थिए। नगरपालिकाले बनाएका ऐन कानुनलाई कार्यन्वयन गर्नमा जनप्रतिनिधिहरुलाई अनुरोध गरेका थिए भने बनाएका कानुन समय सापेक्ष संसोधित हुने भएको हुँदा जनजीवन सापेक्ष सल्लाह र बैठकबाट गरि अगाडि बढ्न समेत अनुरोध गरेका थिए।जनप्रतिनिधि जुनसुकै पार्टीबाट जितेर आएपनी सबैको साझा हुने हुँदा सुझाव सल्लाह र प्रतिक्रिया दिएर सघाउन स्थानिय नगरबासीलाई समेत अनुरोध गरेका थिए। प्रथम सत्र कार्यक्रमको अन्त्यमा सभापति तथा नगर प्रमुख दिपक रिसालले सम्बोधन गर्दै नगरपालिका अन्तर्गत वजेट विनियोजन कार्यक्रममा खादा माला नलगाउने निर्णय भएको जानकारी बताउदै निवर्तमान नगर प्रमुख सन्तोष चालिसेको टिमले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरेका थिए।
घरको फोहोर घरबाट नै व्यवस्थापन गर्ने गरि कार्यक्रम ल्याउने बताउदै करिव ६ महिनामा ब्यबस्थापन गर्ने लक्ष्य नगरपालिकाको रहेको बताउदै कार्यक्रममा स्वस्फूर्त उपस्थितिको लागि सम्पुर्णमा एकमुष्टमा धन्यवाद व्यक्त गरेका थिए। दोस्रो सत्रमा कार्यक्रमका अध्यक्ष गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालले नीति कार्यक्रम तथा बजेटमा सामजिक क्षेत्र,(शिक्षा, स्वास्थ्य खानेपानी भौतिक पूर्वाधार,फोहोर मैला व्यवस्थापन स्वस्थ्य बिमा, रोजगार लगायतको योजना सहित पञ्च बर्षे योजना सहित कार्यक्रमलाइ प्राथमिकता दिइएको जानकारी गराएका थिए ।उनले नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नगर सभामा प्रस्तुत भएको नीति, कार्यक्रम तथा बजेट अध्ययनका लागि पालिका सदस्यहरुलाई वितरण गरिएको थियो सुझाव, सल्लाह संशोधन सहित पुन बस्नेगरी नगर सभा स्थगित भएको थियो भने कार्यक्रमको सहजीकरण गोकर्णेश्वर नगरपालिका प्रशासन प्रमुख टंकनाथ घिमिरेले गरेका थिए ।