काठमाडौँ । उच्च शिक्षा तथा 'प्लस टु' को अध्ययन लागि उत्कृष्ट र गुणस्तरीय शिक्षा प्राप्त गर्नको लागि विद्यार्थीहरुको रोजाईमा मनास्लु वर्ल्ड कलेज रहदै आएको छ।
एस ई ई परिक्षाको रिजल्ट सार्वजनिक हुनुपुर्व सम्पुर्ण विद्यार्थीहरुलाई आफ्नो भबिस्य निर्माणका लागि उच्च शिक्षा हासिल गर्ने कहाँ कस्तो शैक्षिक संस्थामा अध्यन गर्ने बिषयले अन्यौलता छाईरहेको हुन्छ।विश्व महामारी कोरोना कहरले गत वर्षका बिधालयहरु केही समय ढिलो सञ्चालन भएका थिए। यसैगरी गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ) यो वर्षको सुरुवातमा (वैशाखमा) सम्पन्न भएको छ। परीक्षा बोर्डले जतिसक्दो छिटो नतिजा प्रकाशन गर्ने तयारीमा रहेको अवस्थामा विद्यार्थीहरू भने आफ्नो आगामी शैक्षिक गन्तव्य छनोट गर्ने कार्यमा व्यस्त छन्।
विद्यार्थीहरुको भबिस्य कस्तो बनाउने सन्दर्भमा प्लस टु वा उच्च शिक्षा हासिल गर्ने शैक्षिक संस्थानले समेत प्रभाव पार्ने गर्दछ जस्तै त्यहाँको वातावरण,प्रयोगात्मक शिक्षा,अतिरिक्त क्रियाकलाप लगायत विभिन्न कुराले महत्त्वपूर्ण भुमिका राख्दछ।जसको लागि लामो समय देखि सस्तो सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको एउटा शैक्षिक संस्था हो मनास्लु वर्ल्ड कलेज ।
यो कहाँ अवस्थित छ?
राजधानीको चाबहिल चुच्चेपाटी स्थित के.एल. टावर सँगै छ मनास्लु वर्ल्ड कलेज।चक्रपथ सडकको कोटेश्वर, महाराजगन्ज, जोरपाटी र बौद्ध-महाकाल चारैतिर बाट आउँदा सार्वजनिक यातायातबाट सजिलै पुग्न सकिने यो कलेजका आफ्नै खाले विशेषता सुबिधाहरु रहेका छ्न।
कलेजका अन्य विशेषता :
शिक्षा क्षेत्रमा लामो समय अनुभवी दक्ष क्षमतावान शिक्षकहरूको एउटा समूह ‘मनास्लु टिम अफ एन्टरप्रेनर’ द्वारा सञ्चालित मनास्लु कलेजले छोटो समयमै गुणस्तर शिक्षा प्रदान गरि शैक्षिक संस्थाहरुमा आफ्नो फरक परिचय कायम गर्न सफल रहेको छ।विशेषगरि २१ औँ शताब्दीमा सर्टिफिकेटमा मात्र डिग्री पास सिमित हुनुहुदैन व्यवहारिक जिवनमा स्वरोजगार बन्न गुणस्तरीय शिक्षा उपलब्ध गराउनु पर्छ भन्नेमा कलेज दृढता पुर्वक लागिपरेको देखिन्छ।जसको लागि कलेजले किताबको ज्ञान मात्र नभई अतिरिक्त शिक्षाहरु खेलकुद,गित संगित ,नृत्य,साहित्य,विभिन्न प्रतियोगीताको आयोजना गर्दै आएको छ।