तेलअभिव । अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको गत १७ जुन २०२२ तारिख इजरायलको तेलअभिबमा सम्पन्न दशौ साधारण सभाबाट युनिका गुरुङ निर्बिरोध निर्वाचित भएकी छिन।
संस्थाका निबर्तमान अध्यक्ष अनिल सिंह राजपुत तथा नेपाली राजदुताबास इजरायलका तृतीय सचिव प्रदिप सागर गिरिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशेष अतिथि गैर आवासिय नेपाली राष्ट्रिय समन्वय समिती ईजरायल (NRNA) एनसीसी का प्रतिनिधि प्रथम उपाध्यक्ष सुमी थापा, राष्ट्रिय समुदाय संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।त्यसैगरी इजरायलका विभिन्न क्षेत्रमा क्रियासिल सामाजिक,राजनीतिक,धार्मिक,साहित्यिक साथै मिडिया कर्मीहरु लगायत र इजरायलमा कार्यरत नेपाली दाजुभाई तथा दिदि बहिनीहरुको उपस्थिति रहेको थियो !
संस्थाका बरिष्ठ उपाध्यक्ष राज लिम्बुको संयोजकत्वमा भएको कार्यक्रमको सहजीकरण संस्थाका महासचीव स्वस्तिका श्रेष्ठले गरेका थिईन।कार्यक्रमका प्रमुख अतिथि प्रदिप सागर गिरि, विशेष अतीथिहरु लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा अग्रिम कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दै आयोजक प्रती धन्यबाद ब्यक्त गरेका थिए। संस्थाको बृहतर प्रगति उन्नतीमा पुर्याएको अहम भुमिकाको उच्च मुल्याङ्कन गर्दै संस्थाका निबर्तमाण अध्यक्ष अनिल सिंह राजपुत, संरक्षक कादम्बारी दाना श्रेष्ठ, बरिस्ठ उपाध्यक्ष राज लिम्बु, कलाकार मंचका कलाकारहरु स्वस्तिका श्रेष्ठ, स्वयम सुब्बा ,सावित्री सुनुवार, प्राग थींग लगायतलाई सम्मान गरिएको थियो! “न मर्छ कला न मर्छन् कलाकार फैलाउने हाम्रो परम्परा अनि संस्कार” भन्ने मुल नाराको साथमा कला संस्कृतिको जगेर्नाको लागी सन २०१२ मा इजरायलमा अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखा स्थापना भएको हो !
अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको दशौ साधारणसभाका लागि कादम्बरी दाना श्रेष्ठको निर्वाचन समिती संयोजकत्वमा अनील सिंह राजपुत र देव बास्कोटा लगायतको तीन सदस्यीय निर्वाचन समिती गठन गरिएको थियो।उक्त निर्वाचन समितिले युनिका गुरुङको अध्यक्षतामा १७ सदस्यीय कार्य-समिति (२०२२-२०२३) कार्यकालका लागी चयन गरेको छ।जसअनुसार वरिष्ठ उपाध्यक्ष राज लिम्बु, प्रथम उपाध्यक्ष कुमार आङ्देम्बे ( अबि ), उपाध्यक्ष साबित्री राई, महासचिव स्वस्तिका श्रेष्ठ,सचिव स्वयं सुब्बा , कोषाध्यक्ष कोपिला भट्टराई, रहेका छन त्यसैगरी सदस्यहरुमा प्रयाग थिङ, पुन्य प्रसाद शंकर , जानुका निरौला, मालाती बाग्दास, प्रकाश श्रेष्ठ, जिना सिंह, समिर राई, ज्योति प्रधान,रन्जन तिवारी क्षेत्री, खुसि निकु लगायत निर्विरोध चयन भएका छन।
त्यसैगरी संरक्षकमा कृष्ण रायमाझी,कादम्बरी दाना श्रेष्ठ , प्रमुख सल्लाहकार अनिल सिंह राजपुत,सल्लाहकार देब बास्कोटा, नेहा गुरुङ, किशोर के चौहान रहेका छन !गोर्खा मोबाइक घरका प्रोप्राइटर Mr. Abed Mh ले एक मोबाइल र संस्थाको लोगो सहितको ४० वटा टि सर्ट र लक्की ड्रको लागि मोबाइलको प्रायोजन गरेका थिए।उक्त लक्की ड्रा मार्फत मोबाइल उपहार नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिति इजरायलकी प्रतिनिधि सचिव कुसुम चन्द्रले प्राप्त गरेकी थिईन।