मुग्लानी खबर डटकम
सन्तोष के.सी
अलखोर स्थित ट्रेगश कम्पनीका नेपाली युवाहरुको सक्रियतामा गत: बुधबार साँझ प्रबिन घिमिरेको अध्यक्षतामा ट्रेगश फुटबल युवाग्रुपको नव कार्यसमिति गठन भएको छ । ट्रेगश कम्पनीको प्रांगणमा भएको उक्त कार्यक्रममा बुद्धिजिबी रोशन तामाङ को संयोजत्वमा भएको थियो भने प्रमुख अतिथि नेपाल प्रबासी तामाङ समाज कतारका अध्यक्ष तथा सन्ध्याग्रुप कतारका प्रमुख सल्लाहकार थर्चा लामा, बिशेष अथिति सन्ध्याग्रुप कतारका अध्यक्ष बिरेन्द्र कुमार याख्थुम्बा रहनु भएको थियो । ट्रेगश फुटबल युवाग्रुपको नया कार्यसमितिलाई प्रमुख अथिति थर्च लामाले सफथ ग्रहण गराउदै नव गठन कार्यसमिति प्रति केन्द्रित हुदै संस्था संचालन बारे बताउदै परेको खण्डमा आफुले पनि सहयोग गर्ने बाचागर्दै प्रबासमा रहेर पनि खेल जगतलाई अगाडी बढाऊन संस्था खोल्नु राम्रो कुराहो भन्दै नव कार्यसमितिलाई बधाई तथा सुभकामना दिनु भएको थियो ।
त्यस्तै बिशेष अथिति विरेन्द्र कुमार याख्थुम्बाले कतारमा २००२ देखिको फुटबलको इतिहास स्मरण गराउदै पछिल्लो समय बारुवा श्रामिक फुटबल स्टेडियम लाई सरकारले निर्माण गरेदेखि अलखोरमा नेपाल लगायत अरु देसका श्रमिकको लागि फुटबलको केन्द्रस्थल भएको र धेरै प्रगति भएको भन्दै अहिले आफु कार्यरत रहेको कम्पनी अलमिस्नादका साथीहरुले समेत विभिन्न पर्वको अवसरमा बृहत फुटबल टुर्नामेन्टहरु निस्वार्थ रुपले खेलाउदै आएका बताउनु भएको थियो । नव कार्यसमिति का अध्यक्ष प्रबिन घिमिरेले हिजोका दिनहरुमा जे जसरि खेल्दै आएपनि तर अब संस्था गठन भएपछी सबै साथिहरुमा जिम्मेवार बढेको र अब दत्तचित्त भई लाग्नुपर्छ भन्दै सबै साथीभाई संग हातेमालो गर्दै अगी बढ्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रमको संचालन श्री तामाङ्ले गरेका थिए ।
नव गठित कार्यसमिति निम्नानुसार रहेको छ क्रमश:-
- अध्यक्ष -प्रबिन घिमिरे
- उपाध्यक्ष - खड्क लिम्बु
- सचिब - मिन कुमार मगर
- शहसचिब - शान्ता लिम्बु
- कोषाध्यक्ष- मान बहादुर लिम्बु
- शह कोषाध्यक्ष -रबिन्द्र तमाङ
सदस्यहरु – ओम थापा मगर, सुमन गुरुङ, मिन परियार,मकराज गुरुङ, तराजुङ गुरुङ, उपेन्द्र लिम्बु, प्रदिप गुरुङ, सुबाश गुरुङ, सन्तोष गुरुङ, बिज घले, कमल गुरुङ, युबराज थापा मगर, सन्जिब बि.क, डम्बर प्रकाश लिम्बु, रहेका छन सल्लाहकार समिती पनि गठन भएको छ
प्रमुख सल्लाहकार - सुर्य गुरुङ
बिशेष सल्लाहकार - रोशन तमाङ
सल्लाहकार - पूर्ण श्रेष्ठ ,बिकास बस्नेत , ज्ञान बहादुर कार्की , ईन्द्र श्रेष्ठ, पिताम्बर लिम्बु , पर्सुराम कार्की , राजेन्द्र पोख्रेल , हर्का लिम्बु, हरिलाल लिम्बु , श्री पाख्रिन तामाङ , निरज निरौला , नरिन भण्डारी , नरेश गुरुङ ,रबिन घिमिरे.