दोहा / नेपाल कम्युनिष्ट पार्टी (एमाले ) का महासचिव शंकर पोखरेल कतार आउने भएका छ्न ।
प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी कतारको छैटौं अधिबेशनमा प्रमुख अतिथिको रुपमा महासचिव पोखरेल कतार आउन लागेका हुन ।
महासचिव सङ्गै कार्यक्रममा प्रवास इन्चार्ज डा. राजन भट्टराई पनि विशेष अतिथिको रुपमा कतार आउने मञ्च कतारका महासचिव तथा छैटौं अधिबेशन प्रचारप्रसार कमिटी संयोजक प्रभात त्रिपाठीले मुग्लानी खवरलाई बताए ।
लुम्बिनी प्रदेशका पुर्व मुख्य मन्त्री तथा बौद्धिक नेताका रुपमा चिनिने महासचिव पोखरेल र भट्टराई कतार आउने भएपछि वैदेशिक रोजगारिको सिलसिलसिलामा कतारमा रहेका थुप्रै नेपालीहरु सम्बोधन सुन्न उत्साही रहेको मञ्च कतारका अध्यक्ष चानख पोख्रेलले बताए ।।
देशको समसामहिक राजनीति तथा आर्थिक अवस्था र गत स्थानिय चुनाव तथा आगामी प्रदेश र संघको चुनावको सबाल पार्टीको धारण, राजनीतिमा युवा हरुको चिन्ता चासो र सहभागीता सम्बन्धमा पनि सम्बोधन गर्ने अध्यक्ष पोख्रेलले जानकारी गराए
" इदको दोस्रो दिन ११ जुलाईका दिन ओसिस बीच होटल दोहा," मा हुन गइरहेको छैटौं अधिबेशन सफल सम्पन्नताका लागि विभिन्न उप-कमिटी हरुको गठन, प्रचार प्रसार, विभिन्न सङ्ग संस्थाहरुलाई निमन्त्रणा लगायतका कार्यहरु अन्तिम चरणमा पुगेको मञ्च कतारले जनाएको छ ।
साथै उक्त दिन कतारमा रहेका सम्पुर्ण नेपाली समुदाय लाई उपस्थिति जनाए कार्यक्रम लाई सभ्य भब्य रुपमा सफल पार्नको लागि आग्रह गरेको छ ।