दोहा कतार। नेपाल प्रवासी तामाङ समाज कतार र म्हेन्दोमाया समाज कतारद्वारा संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि सन्ध्याग्रुप अल्खोर कतारका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान दिइएको छ।
समाजका अध्यक्ष सुवाश तामाङको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तथा संरक्षक शुक वहादुर तामाङ,पुर्व अध्यक्ष शंखलाल तामाङ,विशेष सल्लाहकार तेज मोक्तान तामाङ,सल्लाहकार रमि तामाङ,मिना तामाङ,पुर्ण सिङ तामाङ,म्हेन्दोमाया समाज कतारका अध्यक्ष प्रकाश मम्ब तामाङ लगायत समाजका बुद्धिजीवी अग्रज तथा कार्यसमिति को बाक्लो उपस्थिति रहेको थियो।
बधाई तथा सम्मान कार्यक्रममा गत २० मेई २०२२ का दिन सन्ध्याग्रुप अल्खोर कतारको सातौं अधिवेशन बाट गणेश क्षेत्रीको अध्यक्षतामा नवनिर्वाचित १७ सदस्यीय कार्यसमिति, संस्थाका संरक्षक प्रेम प्रसाद भट्टराई ,प्रमुख सल्लाहकार राम प्रसाद पराजुली, विशेष सल्लाहकार रामजी अधिकारी, सल्लाहकार शंखलाल तामाङ,भरत मल्ल लगायत सिङ्गो कार्यसमितिलाई तामाङ समाज कतारका अध्यक्ष सुवाश तामाङ तथा म्हेन्दोमाया समाज कतारका अध्यक्ष प्रकाश मम्ब तामाङले खादा ओढाई बधाई तथा सम्मान ब्यक्त गरेका थिए। संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक शुक बहादुर तामाङले दुबै संस्थाका शुरूवात कालदेखिको चर्चा गर्दै भाईचारा सम्बन्ध,एक आपसी मेलमिलाप सहृदयतालाई निरन्तर कायम राख्नुपर्ने बताउदै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए।त्यसैगरी कार्यक्रममा सन्ध्याग्रुप कतारका सदस्य पामेल उपाध्याय,कोषाध्यक्ष सन्जिव बिस्वकर्मा,तृतीय उपाध्यक्ष चक्र कार्की,द्वितीय उपाध्यक्ष राज रुचाल,प्रथम उपाध्यक्ष सन्तोष केसी,सल्लाहकार भरत मल्ल,विशेष सल्लाहकार रामजी अधिकारी,प्रमुख सल्लाहकार रामप्रसाद पराजुली लगायतले मन्तब्य राख्दै ब्यस्त समयका बाबजुद पनि कार्यक्रमको आयोजना गरि दिनु भएको बधाई तथा सम्मान प्रति धन्यबाद दिदै दुई संस्था बिचको सम्बन्ध थप प्रगाढ बनाउन हर सम्भव भएसम्म लागिपर्ने बताएका थिए। कार्यक्रममा म्हेन्दोमाया समाज कतारका अध्यक्ष प्रकाश मम्ब तामाङ,पुर्व अध्यक्ष शंखलाल तामाङले समेत मन्तब्य राख्दै बधाई तथा शुभकामना राखेका थिए ।संस्थाका विशेष सल्लाहकार तेज मोक्तान तामाङले बोल्दै दुवै संस्थाका सम्बन्धका बारेमा बिस्तृत जानकारी गराउदै थप उचाईमा पुर्याउन लगत्तै प्रकाशन हुने तामाङ समाजको स्मारिकामा समेत सन्ध्याग्रुप अलखोर कतारलाई विशेष स्थान दिईने बताउदै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए। यसैक्रममा सन्ध्याग्रुप कतारका संरक्षक प्रेम प्रसाद भट्टराईले संस्थाका हरेक गतिविधिलाई ब्याख्या गर्दै कोभिड -१९ का बाबजुद सोचे अनुरुप कार्य गर्न नसकिएता पनि विभिन्न मानवीय सहयोगमा काम गरेको बताउदै दुवै संस्थाको प्रगतिको लागि जुनसुकै योगदान गर्न तयार रहेको बताएका थिए।संस्थाका अध्यक्ष गणेश क्षेत्रीले भौतिक रुपमा उपस्थित भएर सहकार्य गर्न कठिन वातावरण भएको हुँदा अब नयाँ कार्यसमिति चयन संगै नयाँ सोच बिचार र संस्थाको प्रगतिको लागि अहंम भुमिका खेल्ने बताउदै दुवै संस्था बिचको सम्बन्धलाई निरन्तर र दिगो राख्न सदैव तत्पर रहेको बताएका थिए।न्यानो माया र सप्रेम निमन्त्रणा गरि बधाई तथा सम्मान प्रदान गर्नु भएको सिङ्गो तामाङ समाज प्रती धन्यवाद ब्यक्त गरेका थिए। अन्त्यमा संस्था अध्यक्ष तथा सभापती सुवाश तामाङले मन्तब्य राख्दै विविध कारणबश उपस्थित भैई सहकार्य गर्न नसकेको भएता पनि दुवै संस्थाको दुरी कदापी नबढ्ने बताएका थिए।उनले दुवै संस्थाको सम्बन्ध,आत्मियता सहकार्य लामो समय देखि निरन्तर चल्दै आएको हुँदा झन सुमधुर बनाएर आगामी पिडिलाई हस्तान्तरण गर्नुपर्ने बताए।अध्यक्ष तामाङले बोल्दै सन्ध्याग्रुप कतारको सातौ अधिवेशनबाट नवनिर्वाचित कार्यसमिति संगको सम्बन्ध थप मजबुद बन्ने बिश्वास ब्यक्त गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए।दोहा स्थित रोयल रेस्टुरेन्टमा भएको कार्यक्रमको सहजीकरण संस्थाका महासचिव आशिष मोक्तान तामाङले गरेका थिए।