वैदेशिक रोजगारबाट फर्केका श्रमिकको पुनः एकीकरण गरी उनीहरुसँग भएको ज्ञान, सीप, पूँजी, अनुभवको सदुपयोग गर्दै मुलुकको विकासमा लगाउने परियोजनाको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जनाएको छ । उक्त परियोजना जुलाई २०२२ बाट सुरु भएर पाँच वर्षसम्म चल्नेछ ।
सम्झौताअनुसार प्रदेश नं १ र मधेस प्रदेशका २० स्थानीय तहमा पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्न स्विट्जरल्यान्ड सरकारले करिब रु ८६ करोड १३ लाख उपलब्ध गराउने छ । उक्त सहयोग नेपाल सरकारको खर्च प्रणालीबाट कार्यान्वयनमा जानेछ । स्वदेश फिर्ती आप्रवासी श्रमिकलाई सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक क्षेत्रमा पुनः एकीकरण गर्न परियोजनाले सघाउ पु¥याउनेछ ।
काठमाडौँस्थित स्विट्जरल्यान्ड दूतावासका चार्ज डी अफयेर्स साल्भानाले नेपालको विकासका लागि आप्रवासी श्रमिकको ज्ञान, सीप, अनुभवन तथा पूँजी प्रयोगको व्यापक सम्भावना रहेको बताउनुभयो । उहाँले आप्रवासी श्रमिकको व्यवस्थापनसम्बन्धी नीति तथा योजना निर्माणमा स्विट्जरल्यान्ड सरकारको स
सो अवसरमा अर्थ मन्त्रालयका सहसचिव अर्यालले वैदेशिक रोजगारबाट फर्केका श्रमिकलाई समाजमा पुनः एकीकरणका लागि सो परियोजना अत्यन्त महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । परियोजनाले घरफिर्ती आप्रवासी श्रमिकको सामाजिक, राजनीतिक तथा आर्थिक जीवनमा परिवर्तन ल्याइने उहाँको भनाइ छ । सहसचिव अर्यालले नेपालको आर्थिक सामाजिक विकासमा आप्रवासी श्रमिकको ज्ञान, सीप, पूँजी र अनुभवको सदुपयोग हुने बताउनुभयो । उहाँले विकास सहायताका लागि स्विट्जरल्यान्ड सरकारप्रति आभार प्रकट गर्नुभयो । हयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।