मुग्लानी खबर
सम्पादक- बैशाख ९,आइतबार
सर्बप्रथम त पाठकबृन्द सङ माफी चाहान्छु किनभने उहाले गरेका सम्पुर्ण कार्यहरु म यहाँ अवगत गराउन असमर्थ हुनेछु।उहाँ एउटा लेखक बिचारक वा प्राध्यापक मात्र होईन उहाँ एउटा विलक्षण प्रतिभाको धनी ब्यक्तित्व हुनुहुन्छ!
को हुन त डा.निर्मलमणि अधिकारी ?
पिता रुद्रमणी अधिकारी र माता रामदेवी अधिकारीका सुपुत्र डा. निर्मलमणी अधिकारी तनहुमा जन्मिनुभएको हो।अहिले उहाँ सपरिवार श्रीमती उर्मिला खनाल अधिकारी र छोरीहरुका साथ काठमाडौमै बस्नुहुन्छ।
विभिन्न बिषयमा एम ए,पि एच डी,र एम फिल गरिसक्नुभएका डा.निर्मलमणि अधिकारी (आयोद धौम्य) ३० भन्दा बढी किताबहरुको लेखन /सम्पादन गरि प्रकाशीत गरिसक्नुभएको छ। सयौं लोकप्रिय लेख समेत प्रकाशित गर्नुका साथै दशौं अनुसन्धान तथा अनुसन्धान लेख प्रकाशित गरिसक्नुभएको छ।
काठमाडौ बिश्वबिद्धालयमा भाषा तथा जन संचार बिभागका अस्सिस्टेन्ट प्रोफेसरमा कार्यरत हुनुहुन्छ। यति मात्र नभई देशका असल नागरिक कर्तब्यपरायन महान ब्यक्तित्व बिचारक अनुसन्धानप्रेमी रास्ट्रप्रेमी देशका असल सम्बाहक पनि हुनुहुन्छ।
बैज्ञानिक सत्ययुगको निर्माणको परिकल्पना गर्दै जरो र किलो महा अभियानका सस्थापक अध्यक्ष पनि हुनुहुन्छ।सानोलाई माया ठुलोलाई सधै आदर र आत्मासाथ गर्ने ब्यक्तित्व डा. अधिकारीले आफ्नो फेसबुक मार्फत आफ्नो बाल्यकाल तथा उहाका स्कुलेजिवनका भगवान रुपी गुरु प्रती सम्मान र श्रद्धा स्वरुप एउटा सम्मान अबिस्मरणिय अभिव्यक्ति लेखेर सम्झिनुभएको छ।
Dr. Nirmalmani Adhikary (डा.निर्मलमणि अधिकारी-आयोद धौम्य) को फेसबुक वालबाट जस्ताको तस्तै साभार:-
आदरणीय गुरु हरिराज वाग्लेको सम्मानमा आजको यो पोस्ट् :-
नेपालको तनहुँ जिल्ला, म्याग्दे गाउँपालिका (तत्कालीन समयमा छाङ्ग गाउँ पञ्चायत /गा.वि.स.), थर्पु बजारस्थित श्री मीन माध्यमिक विद्यालयमा पढ्दा मेरा दुईजना शिक्षक (“सर”) हरुले मलाई गर्ने सम्बोधन अरु सबैजनाको भन्दा फरक थियो ।
अरु सबैजनाले मलाई कि
“निर्मलमणि”, कि त
“निर्मल” भनेर बोलाउनु हुन्थ्यो, तर हरिराज वाग्ले सर र रामबहादुर क्षेत्री सरले चाहिँ जहिल्यै
“मणि” भनेर बोलाउनु हुन्थ्यो । मेरो नाममा रहेको
“निर्मल” शब्द त विशेषणको रुपमा रहेको हुनाले खास नाम त
“मणि” पो हो भन्ने उहाँहरुको तर्क थियो ।
आज लेखिएको प्रसंग हरिराज वाग्ले सरसँग सम्बद्ध छ । मैले सम्झेसम्म यो घटना वि.सं. २०४४ सालको हुनु पर्छ । तेतिबेला कक्षा पाँचको परीक्षा जिल्लास्तरीय हुन्थ्यो । म पाँच कक्षाको जिल्ला स्तरीय परीक्षामा जिल्ला प्रथम भएको थिएँ ।
कक्षा छ को पढाइ भर्खरै सुरु भएको बेलातिर होजस्तो लाग्छ, एक दिन मलाई हरिराज सरले बोलाएर भोली उहाँसँगै दमौली (जिल्ला सदरमुकाम) जानु पर्ने बताउनु भयो । दमौलीमा पुरस्कार वितरण गरिने भएको र पुरस्कार वितरण समारोहमा जिल्लाकै
“फस्ट् ब्वाइ” का हैसियतमा पुरस्कार लिनु पर्ने हुनाले दमौली जानु परेको हो भनेर उहाँले कारण पनि खुलाइदिनुभयो ।
भोलीपल्ट दमौली गइयो । कोही विशिष्ट व्यक्तित्व आएको बडो भव्य समारोह थियो, जसको एउटा सानो पाटो थियो पुरस्कार वितरण कार्यक्रम । धेरै जनाका लम्बेतान, निरस, पट्यारलाग्दा भाषण सुन्नु परेको हुनाले दिक्क लागिरहेको, तर पुरस्कार पाउनेवाला छु भन्ने जानकारीका कारणले अधैर्यचाहिँ नभएको अवस्था थियो त्यो । अन्ततः पुरस्कार वितरणको चरण सुरु भयो ।
पुरस्कार लिनको लागि शिक्षक प्रतिनिधिसहित मञ्चमा आउन मेरो र मेरो विद्यालयको नाम बोलाइयो । मलाई डोर्याउँदै, मुसुमुसु हाँस्दै, बडो गर्वसहित हरिराज सर मञ्चमा उक्लिनु भएको थियो र मैले उहाँलाई पछ्याएको थिएँ ।
मञ्चमा हामीलाई अबीर लगाएर खाममा रहेको नगद पुरस्कार दिइयो । त्यो खाम दिन त मेरै हातमा दिइएको थियो, तर खाम दिँदै गर्दा भनियो —
“केटाले पैसा हराउला, सरले लिइदिनु र अभिभावकलाई दिनू ।” तेतिबेला हरिराज सरले दिनुभएको जवाफ अहिले पनि मेरो कानमा गुन्जिन्छ —
“कहाँ हराउँछन् ! हामीले बरु हराऔँला, इनले हराउँदैनन् ।
मैले जिन्दगीमै एत्तिको ट्यालेन्ट् मान्छे देखेको छैन ।” मञ्चमै उहाँले खाम पट्याएर मेरो कमीजको खल्तीमा राखिदिनुभयो । पञ्चायती व्यवस्थाको त्यो बेलामा मञ्चमा आसीन “गण्यमान्य” हरुका अगाडि नाक ठाडो पारेर, स्वर चर्को पारेर, सगर्व तेसरी बोल्नु चानेचुने कुरा थिएन ।
हरिराज सरले सार्वजनिक रुपमै मेरो आत्मविश्वास बढाउनु भएका एस्ता प्रसंग अनेकौँ छन् । हरिराज सरको ममाथि कति ठूलो भरोसा थियो भन्ने सम्झँदा अहिले पनि मलाई उर्जा प्राप्त हुन्छ । (२०७५।०१।०९)