सन्तोष केसी /गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको दसौं महाधिवेशन पछि विभाजित भई विनोद कुँवर अध्यक्ष रहेको समुहले कतारमा आउँदो शुक्रबार तदर्थ समिती घोषणा कार्यक्रम हाललाई स्थगीत गरेको छ ।
दसौं महाधिवेशनमा आईसिसिको गतिविधि र व्यावहारका कारण असन्तुष्ट कतारका एनआरएनए समुहले तदर्थ समिति बनाउने घोषणा सामाजिक संजाल फेसबुक ग्रुपबाट गत मे २८ तारिक सनिश्चवार गरेको थियो ।
आज बिहिवार जारीगरिएको सूचनामा समाजलाई दुई चिरामा र दुई भागमा विभाजन गर्नका निमित्त नभई मात्रै बिनोद कुबरको नेतृत्वमा रहेको समिति बिधि, विधान सम्बतरुपले आधिकारिक हो भन्ने मान्यताको लागि उक्त टिमसँगको सहकार्य र समन्वयका निमित्त पहल कदमी अगाडी बढाई रहेको लेखिएको छ ।
बिगत हप्तादिनबाट सामाजिक सञ्जालमा गरिएको नकारात्मक टिका टिप्पणीहरु र समाजमा पार्न खोजिएको भ्रमहरुलाई चिर्न जरुरत भएको हुनाले अर्को सुचना जारि नगरिए सम्म गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद तदर्थ समिति कतारको घोषणा कार्यक्रम स्थगन गरिएको सूचनामा जनाइएको छ् ।
आदरणिय कतारबासी नेपाली दाजुभाई तथा दिदीबैनि सम्पूर्णमा नमस्ते ।
बिषय : गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद तदर्थ समिति गरिएको सम्बन्धमा ।
माथि उल्लेखित बिषय अनुसार गत शनिवार प्रकाशित सूचना अनुसार आउने ३ जुन २०२२, शुक्रवारका दिन गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद तदर्थ समिति कतारको घोषणा कार्यक्रमको आयोजना गरिको यहाँहरुमा सर्वबिधितै छ । कतारमा गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद तदर्थ समिति किन भन्ने प्रश्नहरुका केहि संक्षिप्त उत्तर प्रकाशित सुचनाबाट पनि प्राप्त गर्न सकिन्छ । हामी पक्कै पनि समाजलाई दुई चिरामा र दुई भागमा विभाजन गर्नका निमित्त नभई मात्रै बिनोद कुबर ज्यूको नेतृत्वमा रहेको समिति बिधि, विधान सम्बतरुपले आधिकारिक हो भन्ने मान्यता हामी राख्दछौ । तसर्थ उक्त टिमसँगको सहकार्य र समन्वयका निमित्त पहल कदमी अगाडी बढाई रहेको र त्यसैका निमित्त हामी पहलमा रहेको यहाँहरुमा जानकारि गराउदछौ । हाल वर्तमान मौजुदा गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारसँग असन्तुष्ट बिषयहरु होलान तर यस संस्थासँगको दोहामा स्थापित अन्य संघसंस्थाले गरेको समन्वय र सहकार्य बिचमा यस निर्माणन्मुख तदर्थ समितिले कुनैपनि किसिमका टिका टिप्पणी र नकारात्मक भुमिका खेल्ने छैन भन्ने बिषयमा स्पष्ट पार्न चाहन्छु ।
तर, बिगत हप्तादिनबाट सामाजिक सञ्जालमा गरिएको नकारात्मक टिका टिप्पणीहरु र समाजमा पार्न खोजिएको भ्रमहरुलाई चिर्न जरुरत भएको हुनाले अर्को सुचना जारि नगरिए सम्म गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद तदर्थ समिति कतारको घोषणा कार्यक्रम स्थगन गरिएको यहाँहरुमा जानकारि गराईन्छ । धन्यवाद ।।
जुन ०२, २०२२ ।