बागमती प्रदेश। गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा मोल सोतोकान कराते डो फेडिरेसन नेपाल एफिलेटेड टु वर्ल्ड शोतोकान कराते यु एस ए र लाठी फेडरेसन नेपालको आयोजनामा प्रथम साउथ एसियन लाठी प्रतियोगिता चौथो इण्डो नेपाल कराते च्याम्पियनसिप २०२२ सम्पन्न भएको छ।
प्रतियोगिता उद्घाटन समारोह गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख दिपक रिसालको प्रमुझ आतिथ्यता, उप प्रमुख सान्नानी लामाको विशेष आतिथ्यता रहेको थियो भने उपस्थितहरुमा गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी ,वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, मित्र राष्ट्र भारतका सुबाश मोहिते, मोहमद रफि शेख, अजय शाह, तोयाकान वादोरियो करते डो संघ नेपालका प्रमुख प्रशिक्षक अरुण कुमार कार्की, शंखडोल कराते एकेडेमीका अध्यक्ष शिवराम कारंजित, तोयाकान वादोरियो करते डो संघ नेपालका मनिष तामाङ , केशर सुब्बा, प्रशिक्षक रंजन कुमार सापकोटा, सुयोग सिग्देल, लर्डस लाइट एकेडमीका प्रिन्सिपल निराजन आचार्य, , लगायत खेलाडी र खेलप्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिले खेल सामग्री हस्तान्तरण गरि उद्घाटन गरेका थियो।
कार्यक्रममा तोयाकान वादोरियो करते डो संघ नेपालका मनिष तामाङले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्यका बारेमा स्पष्ट पारेका थिए। कार्यक्रममा सम्पुर्ण वडा अध्यक्षहरुको तर्फ बाट गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी स्वस्थ शरीरको लागि खेलकुद आवश्यक रहेको बताउदै बिश्वमा राष्ट्रको पहिचान कायम राख्न खेल र खेलाडीहरुको विशेष भुमिका रहने हुँदा नगरपालिकाले खेलकुद क्षेत्र विकासलाई पहिलो प्राथमिकतामा राखेर गतिविधि संचालन गरेको बताएका थिए।उनले कार्यक्रम आयोजक प्रती धन्यवाद समेत ब्यक्त गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि तथा गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख दिपक रिसालले शारीरिक र मानसिक रुपमा स्वस्थ रहन खेलकुद अपरिहार्य रहेको बताए। उनले मानव विकासका लागि खेलकुदको विकास हुन अति आवश्ययक रहेको बताउदै खेल देशको प्रतिष्ठा संग मात्र नभएर मानसिक स्वास्थ्य सँग जोडिएको बताउदै यसलाई संरक्षण सम्बर्द्धन गर्नु सबैको दायित्व रहेको बताए ।
उनले इन्डो नेपाल खेलकुद प्रतियोगिताले दुइ देश बीच आपसी मित्रता प्रगाढ बनाउने माध्यम भएको हुँदा यस्ता कार्यक्रमलाइ नगरले प्राथमिकतमा राख्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउदै कार्यक्रम आयोजक प्रती धन्यवाद ब्यक्त गरेका थिए।