झापा: गएको बैशख ३० गते सम्पन्न स्थानीय निकायको निर्वाचनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (स.लो.रा.म) को तर्फबाट लोकतान्त्रिक बाम गठबन्धन मार्फतको साझा उम्मेद्बारी भएपनि संघीय (लोकतान्त्रिक राष्ट्रीय मंच सम्बद्ध( " लिम्बुवान प्रान्तिय कमल गाँउपालिका" कार्यसमितिले हिजो मंगलबार जेष्ठ १६ गते केर्खाको आफ्नै अफिसको प्राङगणमा कमल गाँउपालिका अध्यक्ष अमर माबोहाङ लिम्बुको सभापतित्वमा एक बिशेष कार्यक्रम गरी चार उम्मेदारहरु लाई सम्मान गरेको छ।
सम्मानीतिहरु क्रमश: खुल्ला सदस्य वार्ड न.-१ बिजेता भोला दुलाल, खुल्ला वार्ड नं.२-बिजेता भिम सिंह कार्की र वार्ड नं.३ बाट पराजित खुल्ला सदस्य वसन्त राज सुब्बा त्यस्तै दाप-सहितका खुकुरी चिन्हमा लड़ेका वडा-न.४ मा वाडाध्यक्षमा पराजित सुर्य प्रसाद याक्पाङदेन लाई प्रमुख सल्लाहकार एवम प्रमुख अथिति अमर राई, सभापति अमर मावोहाङ र अथिति जिल्ला सभापति नगेन्द्र राईले खादा र अबिरजात्रा सहित सम्मान पत्र तथा मायाको चिनो( दाब सहितको खुकुरी) प्रदान गरेको थियो।।
स्थानीय तहमा लोकप्रिय उम्मेदवार वडाध्यक्ष का प्रत्यासी सूर्य याकपाङदेन पराजय बारे प्रमुख अथिति अमर राई, संघीय सदस्य कविराज शेर्मा, प्रान्तीय सचिवालय सदस्य मनकुमार थलङ र प्रान्तीय सदस्य बिरेन्द्र याकथुम्बाहरूले ६००भन्दा बडी मत याकपाङदेनेको मत बदर भएर हार बेहोर्नु परेको बिशेष बिडम्बना र दु:खद टिका टिकपणी ब्याक्त गर्दै बिजेताहरु लाई सफल कार्यकालको शुभकामना दिएको थिए।
बिजेता भिम सिंह कार्की र भोला दुलाले आफूहरुलाई मायाको चिनो-स्वरूप दाप साहितको खुकुरी दिएकोमा उहाहरुले यो आफैमा पार्टीको चुनाव चिन्ह हो भने अर्कोतिर भ्रष्टाचार बिरुद्धका लागी यो एउटा हतियार पनी हो भन्दै ठत्यौली पारामा आफ्ना भनाइ राखेका थिए।
त्यस्तै अथितिहारुमा संघीय लिम्बुवान महिला मंच सदस्य रेशमा चेम्जुङ,जि.सदस्य दिब्या थेबे नाल्बो LV उपकामण्डर नवराज राई, क्षेत्रीय सचिव तीर्थ फम्बो लगायत उपस्थित -सो कार्यक्रम सचिव बिजेन्द्र मेन्याङ्बो याक्थुङ्बाले सञ्चालित थिए भने स्वागत मन्तब्य उपाध्यक्ष तेज आङदेम्बेले गरेका थिए।