दोहा, कतार : - किरातहरूले आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, यक्वा तङनाम, साकेला उभौली-५०८२ भव्य रूपमा मनाएका छन्।
कतारमा स्थापित तीन किराती संस्थाहरू सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ कतार र किरात राई यायोक्खा शाखा कतारको आयोजनामा किरात मूल समारोह समितीद्धारा संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
सुनुवार सेवा समाज शाखा, कतारका अध्यक्ष नीरबहादुर सुनुवारको सभापतित्वमा र नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवारको प्रमुख आतिथ्यमा ब्यानर अनावरण र दिप प्रज्वलनको साथ नेपालि राष्ट्रिय गान, कर्मभुमीलाई सम्मान साथ कतारको राष्ट्रिय गान र "यो भुमी चुम्ने" किराँती राष्ट्रिय गानबाट कार्यक्रम अघि बढेको थियो।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य तथा कार्यक्रमको महत्व बारेमा उप-संयोजक किराया शाखा, कतारका अध्यक्ष शंकरमान राईले प्रकाश पारेका थिए । तीन संस्थाका सुनुवार-नासो, लिम्बू-फेदङ्वा र राई-नछुङ द्वारा प्रकृति पुजा गरिएको थियो। कार्यक्रममा गैर आवासिय नेपाली संघ, बैचारिक , महासंघ कतारमा आवद्ध मातृसंस्थाहरु, प्रदेश एकका सबै जिल्ला संस्थाहरु, प्रदेशका जिल्ला सस्थाहरु, पत्रकार तथा साहित्यिक सस्थाहरुको आतिथ्य रहेको थियो l
कार्यक्रममा दर्जनभन्दा बढी वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए । दुई चरणमा गरिएको पहिलो औपचारिक कार्यक्रम किरात मुल समारोह समितिका सदस्य सचिव विवश लिम्बुले संचालन गरेका थिए भने दोस्रो चरणको सांस्कृतिक कार्यक्रम विनोद लिम्बु र प्रकृति राईले संचालन गरेका थिए ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत सुनुवार सेवा समाज शाखा, कतारले मौलिक झाकी श्यादर सिल, किरात याक्थुम चुम्लुङले केलाङ र किरात राई यायोक्खा शाखा कतारले साकेला सिली प्रस्तुत गरेको थियो। साकेला सिलि बारे किराया शाखा कतारका पुर्ब अध्यक्ष तथा सल्लाहकार धिरज राईले प्रस्टाए ।
कार्यक्रममा तिनै संस्थाका कलाकारहरुले सबै बिधाका नृत्य तथा गायनद्वारा उपस्थित दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए एका थिए । अन्त्यमा उपस्थित सबैलाई उप-संयोजक कियाचु कतारबका अध्यक्ष हर्क खजुमले धन्यवाद मन्तव्य राखेका थिए। औपचारिक र सांस्कृतिक दुबै कार्यक्रमको समापन किरात मुल समारोह समिती कतारका सयोजक सभापति नीर बहादुर सुनुवारले गरेको थिए।