मुग्लानी खबर
सिनामे राजेश साउदी / बैशाख ८
"काभ्रेको बिकास गरौँ सबै मिली,एकजुट हौँ साउदीअरबमा काभ्रेली" भन्ने मुल नाराका साथ संस्थाको प्रथम वार्षिक उत्सव तथा शैक्षिक बिकाश अभियान (अक्षयकोष) उद्घघाटन कार्यक्रम जिल्लाकै सुन्दर नगरमै सम्पन्न भएको छ।
जेन कुमार लामा ज्युको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि सुचना तथा संचार मन्त्री श्री गोकुल वास्कोटा ज्यु रहनुभएको थियो र कार्यक्रम नेपाली राष्ट्रीय गानवाट सुचारु गर्नुको साथै सम्पुर्ण काभ्रेलि नगर प्रमुख ज्युहरु,विभिन्न संघ संस्थाका प्रतिनिधि,गायक गायिका, पत्रकार,समाजसेवी,शिक्षक शिक्षिका,विद्यार्थी लगाएत सम्पुर्ण काभ्रेलि जनमासको वाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको उदघोषक संस्थाका महासचिव सुरेश राज त्रिपाठी -ज्यु र कार्यक्रममा स्वागत मन्तव्य संस्थाका कै श्री नवराज थापा ज्युले गर्नु भएको थियो ।
कार्यक्रम संचालन पूर्व अन्तराष्ट्रिय काभ्रे सेवा समाजले आयोजना गरेको दौड़ प्रतियोगिता र संस्थावाटै शान्ति र्याली संपन्न गरि वनेपा वजारमा नाचगान सगै भजन किर्तनले काभ्रेली वासीलाई हर्षोउल्लासमय तरिकाले स्वागत गरिएको थियो । कार्यक्रममा सुचना तथा संचार मन्त्री ज्युले प्रवासमा रहेर पनि जिल्ला कै लागि (शैक्षिक विकास अभियान_अक्षयकोष ) जस्तो महान कार्य गर्ने संस्थाका सम्पुर्ण पदाधिकारीहरु हार्दिक धन्यवाद तथा शुभकामना दिनुको साथै अहिले सम्मको एेतिहासिक कार्यक्रम रहेको जानकारी दिदै यस्तो महान कार्यमा राष्ट्र सदैव सहयोग गर्न तयार रहेको र खुसी सम्म रहेको जानकारि दिनुभयो ।
कार्यक्रममा उपस्थिति विभिन्न संघ संस्थाका प्रतिनिधिले हार्दिक बधाई तथा नयाँ बर्ष २०७५ सालको शुभकामना दिनुभएको थियो ।कार्यक्रमको वीच वीचमा विभिन्न सांस्कृतिक नाच,गायनले गर्दा थप उल्लासमय वातावरण वनेको थियो ।संस्थालाई विभिन्न तहवाट सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिनुको साथै हार्दिक धन्यवाद समेत दिएको थियो ।
कार्यक्रममा सभापति श्री जेन कुमार लामा ज्युले संस्थालाई दिगो विकास तर्फ अझै अगाडी वढाउने बिदेशी भुमी साउदी अरबलाई कर्मभुमी बनाएर साउदी अरबका बिभिन्न क्षेत्रमा छरिएर रहनुभएका सम्पूर्ण काभ्रेलीहरुलाई एकत्रित गर्ने, एक संगठनमा बसेर बिभिन्न सामाजिक परोपकारी कार्यहरु गर्ने हितुले साउदी अरबमा "काभ्रे सेवा समाज, साउदी अरब" को स्थापना भएको जानकारी दिनुभयो ।
साउदीअरबमा आफ्नो जिल्लाको पहिचान दिने, जिल्लाको बिकासको लागि साउदी अरबमा छरिएर रहेका आफ्नो जिल्ला बासिहरुलाई एक ठाउँमा संगठित हुनुको साथै काभ्रेलीहरुको विकास नै काभ्रेको विकासको न्यूनतम आधार हो र काभ्रेको विकासबाट मात्र काभ्रेलीहरुको यथोचित विकास सम्भव हुन्छ भन्ने कटु सत्यलाई मनन गर्दै साउदी अरब जस्तो भौगोलिक कठिनता, कानूनी व्यवधान तथा धार्मिक भिन्नता भएको देशमा संगठन गठन गर्दै संगठन विस्तार, बिकास गर्न र सशक्त बनाउन त्यति सजिलो त छैन तर पनि यि कुराहरुलाई एउटा चुनौतीको रुपमा स्विकार्दै साउदी अरबमा काभ्रे सेवा समाज, साउदीअरब" को स्थापना भएको जानकारी गराउदै साउदी अरेवियाको कुना कुना मा छरिएर रहनु भएका साथिहरूलाई संस्थामा आवद्ध हुनको लागि हार्दिक अनुरोध समेत गर्नभएको थियो ।
उहाँले संस्थालाई माया गरि संस्था को हकहितको लागि काम गर्ने सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक धन्यवाद समेत दिनु भएको थियो साथै शैक्षिक विकास अभियान, काभ्रेले उद्घघाटन गरेको १० लाख वरावरको "अक्षयकोष"ले काभ्रेपलान्चोक जिल्लाको शैक्षिक स्तरमा सुधार ल्याउनुको साथै जिल्लामा रहेका विधालयहरुको अवस्थामा सुधार ल्याउनको लागि यो अभियान चलाईएको र यस अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनका, धनि विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, शिक्षक,शिक्षिका, गायक _गायीका, अन्य सम्पुर्णलाई हार्दिक धन्यवाद दिनुभएको थियो।
प्रवासमा कार्य व्यवस्थताले गर्दा कार्यक्रममा उपस्थित हुन नसक्नु भएका संस्थाका पदाधिकारीहरु प्रथम उप संयोजक श्री रमेश भंण्डारी सचिव श्री बिष्णु घिमिरे कोषाध्यक्ष _ श्री अजय त्रिपाठी सदस्य_ श्री वलराम घिमिरे सदस्य _ श्री काजी वावु थापा सदस्य_ श्री नारायण सुवेदी सदस्य_ श्री सहदेव थपलिया ज्युहरुले प्रवासवाटै कार्यक्रमको सफलताको शुभकामना दिई कार्यक्रमको हौसला वढादिएको जानकारी दिनुभएको थियो साथै कार्यक्रममा उपस्थिति भई कार्यक्रमलाई सभ्य भब्य रुपमा सम्पुर्णलाई हार्दिक धन्यवाद दिदै शैक्षिक विकास अभियानमा सहयोग गर्न चाहानु हुने जो कोहीलाई पनि यस अभियानको ढोका सदैव खुल्ला रहेको जानकारी अवगत गराउदै नव वर्ष २०७५ को शुभ अवसरमा देश तथा विदेशमा रहनु भएका मेरा आत्मीय काभ्रेली मित्रहरू, आफन्तहरु, इष्टमित्रहरू,शुभचिन्तकहरु लगायत सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गर्नु भएको थियो।
उल्लेखित समाचार संस्थाका सचिव बिष्णु घिमिरेले साउदी अरब रियादबाट जानकारी दिनु भएको छ।