यहि बैशाख ३० गते शुक्रबार हुन गइरहेको स्थानिय निर्वाचनमा गठबन्धनका उम्मेद्धवारहरुलाई विजयी गराउन "नेपाली जनप्रगतिशिल मञ्च पश्चिम एसिया क्षेत्रीय समन्वय समिति" अन्तर्गतका राष्ट्रिय समितिले आग्रह गरेको छन ।
आज मिति २७ बैशाख मङ्गलवारका दिन एक प्रेस बिग्यप्ती जारीगर्दै मञ्च पश्चिम एसिया क्षेत्रीय अन्तर्गत साउदी अध्यक्ष कमल महत, कतार - बुद्धिप्रसाद भण्डारी, बहराइन - युवराज केसी,ओमन- उमेश विक,ईजरायल - अनिरुद्र सुवेदी, कुबेत - मन बहादुर भुजेल, युएई - बाबुराम विश्वकर्माले हस्ताक्षर गरेका छ्न ।
जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन तथा उत्पीडित जनताको भीषण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्न सिंहदरबार केन्द्रित अधिकार जनताको घर–घरमा स्थापित गराउन स्थानीय तहको आसन्न निर्वाचन (३० बैशाख) सामाजिक न्याय सहितको निर्माणका लागि कोशेढुङ्गा बनोस भन्ने शुभकामना व्यक्त गर्दै गठबन्धनका उम्मेद्धवारलाई विजयी गराउन आग्रह गरिएको छ ।
हेर्नुस जनप्रगतिशील मञ्च हरुको अपिल
आदरणीय श्रमिक दाजुभाइ तथा दिदिबहिनीहरु !
जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन तथा उत्पीडित जनताको भीषण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्न सिंहदरबार केन्द्रित अधिकार जनताको घर–घरमा स्थापित गराउन स्थानीय तहको आसन्न निर्वाचन (३० बैशाख) सामाजिक न्याय सहितको निर्माणका लागि कोशेढुङ्गा बनोस भन्ने शुभकामना व्यक्त गर्दछौं ।
यतिखेर संघीयता समाबेशी समानुपातिक प्रतिनिधित्व बिरोधी तथा उत्पीडित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धि विरुद्ध विभिन्न बहानामा षड्यन्त्र गरिरहेका छन, त्यसैले हाम्रो महान तथा गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र)को प्रबास संगठन नेपाली जनप्रगतिशिल मञ्च पश्चिम एसिया क्षेत्रीय समन्वय समिति अन्र्तगतका राष्ट्रिय समितिको तर्फबाट स्थानीय तहको निर्वाचनलाई संविधान, संघीय गणतन्त्रको रक्षाका लागि अग्रगमन पक्ष र प्रतिगमन समुह बीचको लडाइँको रूपमा लिएका छौं । त्यसैले प्रवासमा श्रम गरिरहनु भएका दाजुभाइ दिदिबहिनीहरु मार्फत घर गाउँ र आफन्तलाई स्थानीय तहको निर्वाचनमा निर्धक्क सहभागी भई अग्रगमन पक्षधर गठबन्धनका उम्मेद्धवारहरुलाई मतदान गरि विजयी गराउन आह्वान गर्दछौं ।
हाम्रो महान तथा गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र)ले साँचो अर्थमा खोजेको संघीयता समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि जनताले पुर्ण रूपमा अनुभुति गर्न सकेका छैनन । यतिबेला स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउदै स्थानीय बिशेषतामा आधारित बिकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीको सुनिश्चितता मार्फत सामाजिक न्याय सहितको समृद्धि हासिल गर्ने चुनौती हाम्रो सामु छ । कृषिमा अनुदान मार्फत उत्पादन किसान लाई पेन्सन, राष्ट्रिय औद्योगिकरण तथा ग्रामिण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी सबैखाले शोषण र बिभेदको अन्त्य बिदेशमा श्रम र पसिना बगाउने बर्तमान अबस्थालाई नहटाए साँचो अर्थमा जनताले लोकतन्त्रको अनुभुति गर्न सक्दैनन, इतिहासले माओवादीलाई यो जिम्मेवारी सुम्पिएको छ ।
हामीलाई यथास्थितिमा रुमलिन्न रहर र छुट दुबै छैन त्यसैले आउनुस एकमतका साथ लामबद्व भई प्रतिगामी तत्वलाइ परास्त गर्न यो लडाइँमा नेकपा (माओवादी केन्द्र)को चुनाब चिन्ह “गोलाकार भित्रको हँसिया हथौड़ा”मा र गठबन्धनका उम्मेदवारहरुको चुनाव चिन्हमा मतदान गरि जनताका बाँकी अधुरा सपना पूरा गर्दै समृद्ध नेपाल निर्माणमा अघि बढौ ।
क्रान्तिकारी अभिवादन सहित ।
1. कमल महत, अध्यक्ष नेपाली जनप्रगतिशील मन्च साउदी
2. बुद्धिप्रसाद भण्डारी, अध्यक्ष नेपाली जनप्रगतिशील मन्च, कतार
3. युवराज केसी, अध्यक्ष नेपाली जनप्रगतिशील मन्च, बहराईन
4. उमेश विक अध्यक्ष नेपाली जनप्रगतिशील मन्च, ओमन
5. अनिरुद्र सुवेदी अध्यक्ष नेपाली जनप्रगतिशील मन्च, ईजरायल
6. मन बहादुर भुजेल मगर अध्यक्ष नेपाली जनप्रगतिशील मन्च, कुवेत
7. बाबुराम विश्वकर्मा अध्यक्ष नेपाली जनप्रगतिशील मन्च, युएई