भानुमा वडाको बिकास र समृद्धिका योजना सहित नेकपा एमालेका उम्मेदवार पन्तको चुनाबी दौडमा तीब्रता ।
स्थानीय तहको निर्वाचनको माहोल देशब्यापी रूपमा तातीरहेको बेला तनहुँमा समेत राजनैतिक सरगर्मी बढीरहेको छ । नेकपा एमाले तनहुँका युवा नेता राजेश पन्तले आफ्ना योजनाहरुको दस्ता सहित भानु नगरपालिका वडा नं ४ को वडा अध्यक्षका लागि आकांक्षा राख्दै उम्मेद्बारी दिएका छन् ।
बिद्यार्थी राजनीति अनेरास्ववियु जिल्ला कमिटी सदस्य हुँदै १७ औ महाधिवेशन सम्मेलनको प्रतिनिधि रहेका पन्त हाल पार्टीको वडा कमिटी सचिब सहित विभिन्न सामाजिक संघ सस्थामा रहेर कुशलता पुर्बक जिम्मेवारी बहन गरेको अनुभव रहेको छ ।
स्थानीय स्तरमा अन्नपुर्ण युवा कल्वको उपाध्यक्ष,
जामुने स्वारा सामुदायिक बन भानु ४ को सचिब हुदै अध्यक्ष सम्म कुशलता जिम्मेवारी प्रदान गरेका पन्त वैदेशिक रोजगारीकै शिलसिला मध्यपुर्ब कतारमा रहदा प्रबासी नेपालीहरुको दुख सुखद अवरात्र जुट्दै सामाजिक कार्यमा समेत सक्रिय रहदै तनहुँ सेवा समाजको महासचिव सहित तत्कालीन नेकपा एमाले मताहत तनहुँ सम्पर्क मंचको उपाध्यक्ष लगायत विभिन्न सामाजिक संघ सस्था आबद्ध रहदै श्रमिक मजदुर हितमा काम गरेका थिए ।
स्वदेशमा नै केही गर्नु पर्छ भन्दै वैदेशिक रोजगार लाई छोडेर स्वदेशमा व्यावसाय गर्दै सामाजिक एवम् राजनैतिक रूपमा सकृय रहदै आएका पन्त भानुका जनता माझ लोकप्रिय रहेका छन् । पार्टीले वडा अध्यक्षको टिकट दिए सगै स्थानीय तहमा उनको चर्चा समेत व्यापक रहेको छ । पन्तको नेतृत्वमा वडा सदस्यहरुको उम्मेदवारमा अर्जुन बहादुर पाण्डे, राम बहादुर तामाङ ,गिता ठाडा मगर थापा र मिना नेपालीले उम्मेदवारी दिएका छन् ।
वडा अध्यक्षमा निर्वाचित भएमा आफ्नो वडा लाई समुन्नत बनाउन जनता सामु प्रतिबद्धता पत्र घोषण सहित जनप्रतिनिधी जनताको शासक होइनन् ,जनताको सेवक हुन् । भन्दै निष्ठा र प्रतिज्ञा सहित उनले आफ्ना योजनाहरु सार्बजनिक गरेका छन् ।
गरिब ब्यक्ती हुँ गरिव निमुखा जनताको सेवा नै मेरो प्राथमिकता रहेको बताउदै सामाजिक संजाल मार्फत आफ्नो २५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन ।
१,भानु४का जनतामा र आफ्नो ब्यक्तिगत जीवनप्रति दाग लाग्ने गरि कुनै पनि अबैध,अनैतिक कार्यहरु गर्ने छैन।
२,मेरो वार्डमा म जनतासंग जनप्रतिनिधि कार्यक्रम संचालन गर्नेछु।
३,भानु ४ का जेष्ठ नागरिकहरुलाई तीन महिनामा निशुल्क स्वास्थ चेक जाँच गर्ने ब्यवस्था मिलाउने छु।
४, आर्थिक अवस्थामा अत्यन्त कमजोर रहेका वडा बासी बालबालिकाहरुलाई निशुल्क शिक्षा लिन सक्ने वातावरण बनाउने छु ।
५,भानु ४ मा रहेका फाटहरुमा ब्यासायिक खेती गरि कृषि उत्पादनलाई किसानको बारिबाट नै बिक्री गर्नेछु ।
६ , खातिथोक ,रानागाउ , गैरागाउको टनेल कृषीप्रणालीलाई वार्डभरी बिस्तार गर्नेछु ।
७,जन-आवश्यकतका आधारमा बिकाश निर्माणका बजेटहरु बिनियोजन गर्ने छु ।
८,म वडाको सिमितश्रोत साधनको भरपुर उपयोग गरि बार्षिक र दीर्घकालीन योजनाहरुको निर्माण गर्नेछु।
९,वडाको सिमित बजेटमा निर्भर नभै आवस्यकताको आधारमा केन्द्र, प्रदेश र पालिकासंग योजना अनुसारको बजेटको माग गर्न लागि पर्नेछु।
१०, आदिकवि भानुभक्त जन्मस्थल, रम्घा ,खातिथोक, रानागाउँ खुर्पाजुङ्ग कालिका, तामाकोट जस्ता पर्यटकिय सम्भावना बोकेको क्षेत्रहरुमा उचित पुर्वाधारको निर्माण गर्नेछु।
११,म वडा बासीहरुको पिउने पानीको शुद्धीकरण र एक घर एक धारा लागू गर्नेछु ।
१२, म वडा भित्रका सामुदायिक बनहरुसंग समन्वय गरेर साझेदारिमा नमुना बिकासका कार्यक्रम संचालन गर्नेछु।
१३, उत्तरीबेल्टमा रहेको चिसापानी, जोखाने ,रमाइलोबस्ती ,सुगुरे पखेरारिप ,खुरसानीगैरा, डाडागाउको बिकासको लागि दीर्घकालीन योजना त्यहा जनताको सहभागीतामा बनाउने छु ।
१४,म आफ्नो सम्पती सार्बजनिक गर्ने छु ।
१५,सडकहरुको स्तरउन्नती गर्ने, पिच गर्ने कार्यमा ध्यानकेन्द्रित गर्ने छु ।
१६, बिधालयहरुका भौतिक र शैक्षिक गुणस्तर उकास्न बिशेष पहल गर्ने छु ।
१७, सोलर बत्तिको बिस्तार सम्पुर्ण टोलमा गर्ने छु ।
१८ , बालक उमेर देखि नै ब्याक्तिलाई लगनशिल बनाउन र अतिरिक्त क्रियाकलापमा ध्यान पुराउन सम्पुर्ण गाउहरुमा खेल मैदान ब्यस्थित तरिका बनाउन पहल गर्ने छु । भानु ४का बिधालयहरुका सम्पुर्ण खेल मैदान ब्यबस्थित बन्ने छन ।
१९,वडा भित्रका सडकहरु बिस्तार गरि नगर यातायात सन्चानल गरिनेछ।
२०,प्रत्येक चौमासिकमा वडाको सार्वजनिक सुनुवाई गरिने छ ।
२१,बेरोजगार युवाहरूलाई सीप र तालिमको व्यवस्था सहित रोजगारिको सृजना गरिनेछ।
२२,वडाभित्र रहेका शैक्षिक सस्थाहरुमा प्राबिधिक शिक्षाको व्यवस्था गरिनेछ ।
२३,सम्बन्धित बैंकसङ्ग समन्वय गरि सामाजिक सुरक्षा भत्ता टोलटोलमा बितरण गरिनेछ।
२४,वडा भित्र रहेका आमा समूह, महिला सन्जालहरुसङ्ग समन्वय गरि महिला हकहित ,सीप बिकास र रोजगारीका कार्यक्रम सन्चालन गरिने छ ।
२५,दलित समुदायको र आर्थिक अबस्था कमजोर भएका जनताको जीवनस्तर उकास्न दलित र गरिब सङ्ग कार्यक्रम लागू गर्ने छु ।
वडाबासी तपाईंहरुको सकारात्मक सल्लाह सुझाव र मार्गदर्शन मेरा लागि सधै प्रेरणा र हौसला रहनेछ । समाज लाई रूपान्तर सहित उत्कृष्ट वडाको रूपमा स्थापित गर्दै आउने पुस्ताका लागि सुनौलो भबिस्य बनाउन आज हाम्रो पुस्ताको दृण संकल्प शुसानयुक्त समाज निर्माणमा लाग्न आवस्यकता रहेको छ भन्दै वडाबासी सामु परिवर्तन र समृद्धिका लागि नेकपा एमालेको सुर्य चिन्हमा मतदान गरि अत्याधिक मत सहित बिजयी बनाउन अपिल गरेका छन् ।