काठमाण्डौ,राष्ट्रिय खवर डट कमले आफ्नो स्थापनाको नवौँ बार्षिक उत्सव बालुवाटार स्थित नेपाल हाउसको सभाहलमा सम्पन्न गरेको छ।
बोस्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाको सभापतित्व तथा पुर्व अर्थमन्त्री रामशरण महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथिहरु पुर्व सांसद तथा बोस्टर मिडियाका सल्लाहकार गीता राणा, सल्लाहकार भवानी प्रसाद पौडेल, फ्रेण्डसीप अस्पतालका अध्यक्ष दिपक अधिकारी, सल्लाकार सकिला पाठक, युवा ब्यवसायी हंकल्पित न्यौपाने, अपेनका केन्द्रीय सदस्य कमला अधिकारी ढकाल, किवानिस क्लव अफ कान्तिपुरका अध्यक्ष एवं राजनीतिकर्मी चन्दा खतिवडा रहेका थिए भने अथितिहरुमा सरोज सुवेदी, ब्यवसायी निकी सिहं मल्होत्रा, महिला उद्यमी शितल शर्मा लगायत राजनितीकर्मि,समाजसेबी,सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई आयोजकको तर्फबाट सभापति तथा राष्ट्रिय खवरका अध्यक्ष मुकुन्द ढुंगानाले स्वागत गर्दै राष्ट्रिय खवरका बारेमा स्पष्ट पारेका थिए।देशका सातै प्रदेश र विश्वका केही देशमा समेत शाखा कार्यलय खोली मिडिया संचालनमा रहेको जानकारी गराए।विभिन्न प्राकृतिक प्रकोपले केही असर भएता पनि वि. सं २०७९ मा सबै प्रदेशलाई प्रभावकारी तवरले अगाडि बढाउदै १० देशमा अन्तरदेशीय कार्यालय संचालनमा ल्याएर आवाज विहिनका आवाजहरु लाई अझै प्रभावकारी रुपमा मिडियालाई सशक्त बनाउदै अगाडि बढ्ने प्रतिवद्धता समेत ब्यक्त गरेका थिए।
कार्यक्रममा विभिन्न क्षेत्रबाट योगदान पुर्याएका ब्यक्तिहरु शिक्षासेवी रिंकु ढकाल, महिला उद्यमी एवं समाजसेवी मञ्जु सिंह, बरिष्ठ समाजसेवी साकिला पाठक, मिडियाकर्मी दिलमाया तामाङ, राजनीतिकर्मी तथा युवा ब्यवसायी एवं नेपाल तामाङ घेदुङ संघ रामकृष्ण ब्लोन, युवा पत्रकार डि. बी. पराजुलीलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।यसै क्रममा कार्यक्रमका विशेष अतिथिहरु दिपक अधिकारी, शितल शर्मा, निकी सिंह मल्होत्रा, कमला अधिकारी ढकाल, सरोज सुवेदी, हेमा गुरुगं, खुसी पराजुली, सस्मिता पाठक, हंकल्पित न्यौपाने लगायतलाई मायाको चिनो सम्मान स्वरुप प्रदान गरिएको थियो।
कार्यक्रममा स्वास्थ्य ब्यवसायी दिपक अधिकारी बोल्दै राष्ट्रिय खवरले राजनैतिक दलका सवै घोषणापत्र लाई सार्वजानिक सुनुवाईका माध्यामबाट चिरफार गर्ने बताए भने जारी गरिएका घोषणापत्रको प्रभावकारीता र कार्यान्वयनलाई विशेष रुपमा भुमिका खेल्दै अगाडि बढोस भन्दै शुभाकामना ब्यक्त गरेका थिए ।
संस्थाका संथापक तथा संचालक कल्पना दंगाल शर्माको समन्वयमा भएको कार्यक्रमको सहजीकरण सूचना प्रविधि ब्यवसायी तथा वोस्टर मिडियाका सिइओ द्रोण पराजुलीले गरेका थिए।राष्ट्रिय खवरको नवौ बार्षिक उत्सव संगै अध्यक्ष मुकुन्द ढंगानाको जन्मदिन रहेकोले कार्यक्रममा रौनकता थपिएको थियो।