प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कतारले १५३ औं लेनिन जयन्ती, नेकपाको ७४ औं स्थापना दिवस, सङ्गठन प्रवेश तथा नयाँ सङ्गठित सदस्यता घोषणा कार्यक्रम एकैपटक सफलताका साथ सम्पन्न गरेको छ। नेकपाका दिवंगत संस्थापक नेताहरुलाई श्रद्धाभाव प्रकट गर्दै सुरु भएको कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको थियो।
मञ्चका अध्यक्ष चानक पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पदाधिकारीहरु, सचिवालय सदस्यहरु, राष्ट्रिय कमिटीका सदस्यहरु, नगर कमिटीका सहयोद्दा हरुको व्यापक उपस्थिति रहेको थियो ।
महासचिव प्रभात त्रिपाठी द्वारा संचालित कार्यक्रम मञ्चले आन्तरिक तवरले गरेको थियो । सङ्गठन प्रवेश गर्ने एकीकृत समाजबादीको प्रवास सङ्गठन प्रवासी नेपाली एकता मञ्च का राष्ट्रिय कमिटी सदस्य शम्भु जम्कटेल साथै कांग्रेस र जसपाको बिचारधारा त्यागेर मञ्चमा प्रवेश गर्ने प्रेम बहादुर थापा, नगेन्द्र प्रसाद राजबंशी, धनलाल राजबंशी, महर सिंह राजबंशी, खुसीलाल हरिजन माझी, राज बहादुर थापा, राज हरिजन र एतबार मर्डी लगायत सम्पुर्णलाई प्रवासी नेपाली मञ्चमा स्वागत गर्दै उहाँहरुको बैचारिक रोजाई भबिस्यमा गलत सावित नहुने र नव प्रवेशीलाई उचित जिम्मेवारी प्रदान गरिने अध्यक्ष पोखरेलले मन्तव्यका क्रममा ब्यक्त गरेका थिए I
मन्तव्यकै क्रममा अध्यक्ष पोखरेलले बढ्दो संगठन प्रवेश र नेपालमा सम्मुख्मा रहेको स्थानिय निर्वाचनलाई नियाल्दा प्रतिपक्षी नै सहि आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने कुरामा बिश्वास रहेको बताएका थिए। सोही क्रममा नयाँ १३२ जना सङ्गठित सदस्यलाई सदस्यता बितरण गरिएको थियो।
नव प्रवेशी साथै सङ्गठित सदस्यहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै मञ्चका सचिवालय सदस्य हंशराज ढकालले सहि समयमा सहि सङ्गठनलाई अपनाएकोमा आभार ब्यक्त गरेका थिए। कार्यक्रममा मञ्चका उपाध्यक्ष द्वय चानिलाल राजबंशी र जियाबाबु खान साथै सचिवालय सदस्य र राष्ट्रिय कमिटीका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।
जनताका सपनालाई यदि कसैले सफल पार्न सक्छ भने त्यो केवल जवजको सिद्धान्त बोकेको सङ्गठनले पार्न सक्छ अरु सबै दक्षिणपन्थी भासमा समाहित भएको कुरा नव प्रवेशीहरुको तर्फबाट शम्भु जम्कटेलले बताएका थिए। अबैधानिक गठबन्धन गरेर झन जनतालाई सास्ती दिन उद्दत रहेको भन्दै आफुले भुलबस बिगतमा त्यो संगठन रोजेर गल्ती गरेको र आइन्दा त्यस्तो गल्ती नगर्ने बाचा समेत गरेका थिए।
नव प्रवेशी तथा नयाँ सङ्गठित सदस्यहरुलाइ आगामी दिनमा मञ्चका बारेमा प्रशिक्षण कार्यक्रम गरेर दिक्षित तुल्याउने र मञ्चको अहिले सम्मको कार्यको समिक्षा गर्दै अझ शसक्त रुपमा आगामी दिनमा अगाडी बढ्ने कुरा मञ्चका महासचिव त्रिपाठीले कार्यक्रम संचालनका क्रममा बताएका थिए।
अन्तमा प्राबिधिक कारणले अध्यक्ष बाहिर जानुपर्ने भएकोले कार्यक्रमको समपान गर्दै मञ्चका उपाध्यक्ष चानिलाल राजबंशीले ऐतिहासिक कार्यक्रम सफल बनाउन सहयोग गर्ने राष्ट्रिय कमिटी, नगर कमिटी, नव प्रवेशी, नयाँ संगठित सदस्यता प्राप्त गरेका सदस्यहरु साथै पत्रकार मित्रहरु सहित सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको बिधिवत समापन गरेका थिए।