सिन्धुपाल्चोक - हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आफ्नो पाँच वर्षिय कार्यकालमा सहयोग पुर्याउनु हुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै आउदै गरेको आसन्न स्थानिय चुनावमा पुन: अध्यक्ष पदमा उम्मेदवारी दिने बताउदै सबैको साथ सहयोगको अपेक्षा गरेका छन।
अध्यक्ष शेर्पाले पाँच वर्षिय कार्यकल्ल सम्पन्न गर्न सहयोग पुर्याउनुहुने हेलम्बुबासी,सबै वडाका वडा अध्यक्षहरु, सदस्यहरु, पालिका सदस्यहरु,राजनितिक दल,गाउँपालिका कर्मचारीहरु, नागरिक समाज पत्रकार लगाएत सम्पूर्णलाई धन्यबाद ब्यक्त गरेका छन।
हेलम्बुमा भएका जतिपनी बिकास र परिवर्तन भए त्यो तपाईहरुको साथ सहयोगले भए उनले थपे।अध्यक्ष पदबाट आजै देखि राजिनामा दिएको बताउदै हेलम्बुको बिकासका लागि सधै तत्पर रहने समेत बताए। आगामी आसन्न स्थानिय चुनावमा पुन: अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै फेरि पनि हेलम्बुवासीबाट साथ सहयोगको अपेक्षा गरेका छन।
अध्यक्ष शेर्पाको भनाई जस्ताको तस्तै:
हेलम्बु गाउँपालिकामा ५ वर्षको कार्यकालमा मलाई सहयोग गर्नु हुने सम्पूर्ण हेलम्बु वासी, सबै वडाका वडाअध्यक्षहरु, सदस्यहरु, पालिका सदस्यहरु सबै राजनीतिक दल, गाउँपालिकाका सम्पूर्ण कर्मचारी, नागरीक समाज, पत्रकार लगायतका सम्पूर्णमा धन्यवाद दिन चाहान्छु । मैले गाउँपालिका अध्यक्षको हैसियतमा कार्य गर्दै गर्दा आफ्नो पारिवारीक समस्यालाई समेत वेवास्ता गर्दै गरेका कार्यले कसैलाई राम्रो त कसैलाई केहि नराम्रो भएको भए पनि त्यो समाजको हितका लागि भएको हो र मेरो व्यक्तिगत स्वार्थको लागि होइन भनि बुझिदिनुहोला । आजसम्म हेलम्बुमा भएका जतिपनि कार्यहरु तपाईहरुको साथ र सहयोगबाट नै सम्भव भएको हो । मेरो यो कार्यकाल सफल बनाउन सहयोग गर्नुृहुने सम्पूर्णमा धन्यवाद दिदै आजका मिति देखि मैले गाउँपालिकाको अध्यक्षको पदबाट राजिनामा दिएको छु । मैले यो पदबाट राजिनामा दिदै गर्दा म यस हेलम्बुको विकासको लागि सधै तत्पर रहने विश्वास दिलाउन चाहान्छु । साथै आसन्न स्थानीय तहको निर्वाचनमा हजुरहरुको साथ, सल्लाह र सहयोग बमोजिम पुनः गाउँपालिकाको अध्यक्षको लागि उम्मेद्वारी दिने निर्णय गरेको छु । मलाई विश्वास छ विगतमा भएका कार्यहरुको मूल्याङ्कन गर्दै फेरी पनि मलाई साथ दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु ।