बागमती प्रदेश- ललितपुर बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनले स्थानिय चुनावमा दोहोरिने भएपछी बिरोधिहरुले कपोकल्पित र नियोजित रुपमा लाञ्छना लगाएको बताएका छन।
बागमती गाउँपालिकामा जनपक्षीय रुपमा लामो समय देखि काम गर्दै पुर्वाधार निर्माण शिक्षा स्वास्थ्य लगाएतका कार्य गर्दै आफ्नो छुट्टै पहिचान बनाएका अध्यक्ष वीर बहादुर लोप्चनका बिरुद्धमा सामाजिक संजालभरी समचार सम्प्रेषण भएको थियो।
विभिन्न सामाजिक संजालमा अध्यक्ष लोप्चनका बिरुद्धमा बागमती गाउँपालिका अध्यक्ष 'आफ्नै गाडी भाडामा दिने आफै चढ्ने' शिर्षकमा समचार सम्प्रेषण भए पश्चात् वास्तविक कुरा के हो त भन्ने बिषयमा हामिले टेलिफोन सम्पर्क गरेका थियौ।टेलिफोन संवादमा गाउँपालिका अध्यक्ष लोप्चनले केही बिरोधी तत्वहरुले कपोकल्पित रुपमा राजनितीक जिवनमा दाग लगाउन सामाजिक संजालमा आफ्नो बिरुद्ध अफवाह फैलाएको बताए।
कार्यलय प्रयोजनका लागी गाउँपालिकाको कार्यलयद्वारा गरिएको गाडीको सम्झौतालाई बदनाम गर्न आफ्नो नाम जोडि समचार सम्प्रेषण गरिएको बताए। यहाँको भौगोलिक अवस्था,कार्यलयको कामको प्रयोजनको लागि गाडी चढ्नुपर्ने स्वभाबिक हो ।गाउँपालिका अध्यक्षलाई गाडी सुबिधा बागमती गाउँपालिका मात्र नभई मुलुक भरिकै गाउँपालिकामा भएको बताए।उनले प्रती प्रश्न गर्दै दोहोर्याए के बागमती गाउँपालिकामा मात्र अध्यक्षले गाडी सुबिधा नपाउने हो र? गाउँपालिकाको गाडी कुनै ब्यक्तिगत प्रयोजनको लागि प्रयोग नभई नितान्त गाउँपालिका र जनताको कामको लागि गरिएको बताए।
हामिले अर्को प्रश्नमा त्यसो भए किन स्थानिय चुनाव नजिकिदै गर्दा तपाईका बिरुद्ध समचार आयो त? भन्ने जवाफमा यो आउदो चुनावमा पुन: वीर बहादुर लोप्चनले अध्यक्ष पदको लागि टिकट नपाओस भन्नको लागि केही बिरोधिहरुले षडयन्त्रपुर्वक पुर्वाग्रही रुपमा मेरो राजनितीक जिवनमा दाग लगाउन मात्र गरिएको प्रयास हो, अध्यक्ष लोप्चनले भने।
हाम्रो अर्को प्रश्न के तपाइले साच्चिकै बागमती गाउँपालिकाका जनताहरुलाई खुसी राख्नुभएको छ? पाँच वर्षिय कार्यकालमा निस्पक्ष रुपमा कार्य गरे जस्तो लाग्छ? भन्ने जवाफमा यहाँका सबै जातजाती,धर्म भाषा संस्कृति, संघ संगठन,लिङ्ग वर्ग क्षेत्रका रुपमा कसैलाई पनि बिना विभेद निस्पक्ष रुपमा कार्य गरेको छु।यदि तपाईलाई बिश्वास लाग्दैन भने तपाईं त्यहाँका स्थानिय वागमतिवासीलाई सोध्न सक्नुहुन्छ।
हाम्रो अन्तिम प्रश्न आउदो बैशाख ३० मा आसन्न स्थानीय निर्वाचनमा तपाईले नेपाली कांग्रेसबाट टिकट प्राप्त गर्छु र पुन जित्छु भन्नेमा बिश्वस्त हुनुहुन्छ? उनले आफ्नो पाँच वर्षीय कार्यकालमा जनपक्षीय र लोकप्रिय कार्य गरेकोले फेरि टिकट पाउने र अध्यक्ष पदमा निर्बाचित हुनेमा कुनै शंका नरहेको बताउदै यो कार्यकालमा रहेका केही अपुरा अधुरा कार्यहरु सम्पन्न गरि शिक्षा स्वास्थ्य रोजगारी लगाएतका आधारभुत आवस्यकतालाई परिपुर्ति गर्न पुन: निर्बाचित भएर बागमती बासीको सेवा गर्ने अवसर प्राप्त गर्नेमा म बिश्वस्त छु,अध्यक्ष लोप्चनले भने।