दोहा / प्रबासी नेपाली मञ्च कतारको आयोजनामा नेपाली नयाँ बर्षको शुभकामना आदान प्रदान तथा मुस्लिम धर्मलम्बी हरुको महान पर्व इदको अवसरमा बृहत ईफ्तार कार्यक्रम सम्पन्न गरेको छ ।
बिहिवार दोहा नज्मा स्थित सालिमार रेस्टुरेन्टको सभाहलमा करिव १५० जनाको उपस्तिथिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ! मञ्चका अध्यक्ष चानक पोखरेलको सभापतित्व तथा नेपाली राजदूतावास कतारका दित्तिय सचिव प्रवीण भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईको ईफ्तार कार्यक्रम सामूहिक रूपमा मनाउन आग्रह गरे । उनले हरेक वर्ष फरक फरक आयोजक रहँदै सामूहिक रूपमा सबै सँग सहकार्य गरेर कार्यक्रमको आयोजना गर्न अनुरोध गरेका थिए ।
एनआरएनए आइसिसी युवा उपाध्यक्ष राज रेग्मी, सचिव प्रवीण गुरुङ, मध्य पूर्वीय उपसंयोजक के.बि हमाल,
जनसम्पर्क समिति कतारका सभापति अजिज अलि, जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि प्र भण्डारी , एनआरएन कतारका उपाध्यक्ष प्रेम चलाउने, पत्रकार महासंघ शाखा कतारका अध्यक्ष करिम बक्स मिया ,लगायत विभिन्न जिल्ला प्रदेश तथा सामुदायिक संस्थाका प्रतिनिधि र अध्यक्षहरूको उपस्थिति रहेको थियो
मञ्चका उपाध्यक्ष जियाबाबु खानले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजिकरण महासचिव प्रभात त्रिपाठीले गरेका थिए ।कार्यक्रमको समापन गर्दै सभापति पोखरेलले ईफ्तार कार्यक्रमले भाइचारा कायम रहने बताए ।