दोहा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको आज ७४ औं बर्ष प्रवेश गरेको छ , वि.स. २००६ साल वैशाख ९ गते नेपालमा (कम्युनिष्ट) पार्टी स्थापना भएको थियो ।
सोही दिनको सम्झनामा नेपालका कम्युनिस्ट पार्टीहरूले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएका छन् ।नेपाल कम्युनिष्ट पार्टीका संस्थापकहरू पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द रञ्जित, नरबहादुर कर्मचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ हुन् ।उनीहरूले भारतको कलकत्तामा पार्टी स्थापना गरेका थिए ।
उक्त अवसर पारेर "प्रवासी नेपाली मञ्च कतार " ले आज एक बिग्यप्ती निकाल्दै शुभकामना सन्देश प्रकट गरेको छ ।
मञ्च कतारका अध्यक्ष चानक पोख्रेल द्वारा हस्ताक्षर गरिएको शुभकामना सन्देशमा (नेकपा) स्थापना दिवसको खुसियालीमा पार्टीको हरेक विधा एवम् मोर्चामा आवद्ध रहेर देशको जनताको मुक्तिका लागि आहुती प्राप्ति गर्नुहुने सम्पुर्ण महान सहिद हरुमा स्मरण एवम् भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ ।
साथै तत्कालीन देशमा राजनीतिक परिवर्तनको आवश्यकतालाई मध्यनजर गरि पार्टी स्थापना गर्नुहुने संस्थापक महासचिव क. पुष्पलाल श्रेष्ठ लगायत सम्पूर्ण संस्थापक प्रती उच्च सम्मान गर्दछौ । साथै संस्थाको नेतृत्व गर्नुहुने सम्पुर्ण कमरेडहरुको सुस्वास्थ्य, दिर्घायु एवम् जनताप्रतिको उत्तरदायी भुमिकामा अझै सकृयता रहने विश्वास सहित सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
७४ औ स्थापना दिवसको हार्दिक शुभकामना !
नेपाल कम्युनिस्ट पार्टीको आज ७४औ स्थापना दिवसको खुसियालीमा पार्टीको हरेक विधा एवम् मोर्चामा आवद्ध रहेर देशको जनताको मुक्तिका लागि आहुती प्राप्ति गर्नुहुने सम्पुर्ण महान सहिद हरुमा स्मरण एवम् भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । तत्कालीन देशमा राजनीतिक परिवर्तनको आवश्यकतालाई मध्यनजर गरि पार्टी स्थापना गर्नुहुने संस्थापक महासचिव क. पुष्पलाल श्रेष्ठ लगायत सम्पूर्ण संस्थापक प्रती उच्च सम्मान गर्दछौ । साथै संस्थाको नेतृत्व गर्नुहुने सम्पुर्ण कमरेडहरुको सुस्वास्थ्य, दिर्घायु एवम् जनताप्रतिको उत्तरदायी भुमिकामा अझै सकृयता रहने विश्वास सहित सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
विश्व मानव जगत कोभिड १९ महामारीबाट भरखरैे तङरिदै गरेको छ, लामो समय आर्थिक, व्यवसायीक, सामाजिकरुपमा समस्याग्रस्त बनेको हाम्रो जनजिवन सामान्य उन्मुख छ । अर्को तिर मुलुक आशन्न स्थानिय निर्वाचनमा होमिएको छ । नेकपाएमालेको नेतृत्वमा अघि बढेको समृद्धि र समुन्नत समाज निर्माणको अभियान पक्षधर र त्यो नचाहाने पक्षधरका बिचमा प्रतिष्पर्धा हुने यो निर्वाचनमा न्यायप्रेमि नेपाली जनताले पुनः नेकपा (एमाले) लाई सर्वाधिक जनमत प्रदान गरेर समुन्नत नेपाल निर्माणको राष्ट्रिय अभिभारा अघि बढाउने ्िजम्मेबारी प्रदान गर्नेछन् भन्ने विश्वास सहित नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको सबै पुनः हार्दिक शुभकामना व्यक्त गर्दछौ ।