उदयपुर - त्रियुगा नगरपालिका वडा नं ७ चुहाडेको सार्वजनिक सुनुवाई कार्यक्रम यहि बैशाख ५ गते चुहाडे स्थित वडा कार्यलयमा सम्पन्न भएको छ।
स्थानिय जनताहरुको चासो गुनासो,प्रश्न सहितको सहभागीता पारदर्शिता र जवाफदेहिताका लागि गरिएको सार्बजनिक सुनाई कार्यक्रम त्रीयुगा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष भिम बहादुर पुलामीको सभापतित्वमा भएको हो।त्यसैगरी उपस्थितहरुमा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका संयोजक दिलमाया तामाङ, वडा सदस्यहरु गम्बिर बहादुर,उद्धब काफ्ले,मनु परियार,वडा नं ७ चुहाडे वडा सचिव कुमार सिह थापा,पूर्व सचिब स्थानिय समाजसेवी गोपाल राना लगायत बिभिन्न राजनीतिक पार्टीका जनप्रतिनिधिहरु, बुद्धिजीवी, समाजसेवी ,सामाजिक अगुवाहरू तथा स्थानीय वडाबासी हरुको उपस्थिति रहेको थियो।
त्रियुगा नगरपालिका वडा नं ७ चुहाडेको आयोजना तथा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको सहकार्यमा भएको सुनाई कार्यक्रममा जनताको सुचना पाउने नैसर्गिक हकलाई सुनिश्चित गर्दै वडामा भएका पुर्वाधार बिकासका गतिबिधी आर्थिक गतिबिधी लगायत बिबिध बिषयमा भएको सुनुवाई कार्यक्रममा वडा सदस्य गम्बिर बहादुरले स्वागत मन्तब्य मार्फत सबैलाई स्वागत गरेका थिए।
२०७४ सालको स्थानिय चुनावबाट जननिर्वाचित भैईसकेपछी प्रत्येक वर्ष भएका सम्पुर्ण गतिबिधिलाई जनता सामु सुनुवाई गर्दै आएको छ। यसैक्रममा उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा वडाको प्रगती प्रतिबेदन वडा सचिव कुमार सिह थापाले प्रस्तुत गरेका थिए।पारदर्शिता र जवाफदेहीताका विभिन्न सवाल र जिज्ञासाहरुमा वक्ताहरुले स्पष्ट पारेका थिए। यसै क्रममा वडा अध्यक्ष तथा सभापति भिम बहादुर पुलामीले वडामा भएका सम्पुर्ण प्रगति, पुर्वाधार बिकास,आर्थिक अवस्था लगाएतका बिषयमा स्पस्ट पारेका थिए।
वडा कार्यलयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण दिल माया तामाङ (राना) र उर्मिला चौधरीले गरेका थिए भने कार्यक्रमको प्रत्यक्ष प्रशारण अनलाईन मिडिया मुग्लानी खबरद्वारा गरिएको थियो।