गंगादेव - नेकपा ( बिप्लव) समर्थक नेता चुडामणी वली ' आदर्श' ले महासचिव नेत्रविक्रम चन्द 'बिप्लव' ले आफुलाई यतिकै रोल्पा नपठाएको बताएका छन।
आगामी आउदो स्थानीय चुनावमा गंगादेव गाउँपालिकाको अध्यक्ष पदमा आफु उठ्ने बताउदै सबै जनाले भोट हालेर सहयोग गर्नुहोस, त्यसवापद म सेवा दिन्छु,उनको भनाई थियो !
नेता आदर्शले रोल्पाको गंगादेव गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै कुनै पनि नेताले आउदै गरेको स्थानिय चुनावमा भोट कब्जा गर्नको लागि पैशा बाड्दै छन भने मलाई जानकारी मात्र दिनुहोस मलाई कोहि पुलिसको आवस्यकता पर्दैन, त्यस्ता भ्रष्टहरुलाई म एक्लै पनि एउटा कोठामा खेरखार पारेर थुनिदिनेछु, उनले भने।
रोल्पामा शून्य भ्रष्टाचार, जनतालाई सेवा दिनेछु र मुलुककै एक नम्बर गाउँपालिका स्थापना गरेर देखाउने बताए।कुनै पनि कर्मचारीले मैले भनेको निर्देशनलाई मानेन भने उस्को जागिर समेत खाईदिने समेत बताए,ठेकेदारले लापरबाही गरे उस्को ठेक्का नै क्यान्सिल गरिदिने छु तर जनताको साथ चाहिने बताउदै जनताले अधिकार दिए कसैको केहि नलाग्ने र असम्भव नहुने बताए।
सरकारले जनप्रतिनिधिका लागि छुट्टाएका सवारी साधन कसैको बाउको सम्पती होईन,यो गाउँपालिकामा कसैलाई कुनै समस्या परेको खन्डमा सुत्केरी महिला,अपांग, जेष्ठ नागरिक कुनैपनि ब्यक्तिलाई आपतकालीन अवस्थामा आफू हिडेर पनि आधा घन्टा भित्र सवारी साधनको सेवा दिने प्रतिबद्धता समेत जनाएका थिए।