कतारमा स्थापित सामाजिक संघ-संस्थाहरुको बिच छुट्टै पहिचान बनाउन सफल, कतारबासी गोरखालीहरुको साझा संस्था गोरखा सेवा समाज कतारले आगामी १३ मे २०२२ शुक्रबारका दिन हमाद हस्पिटलको नयाँ ब्लड डोनर केन्द्रमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।
सर्वोत्कृष्ट मानवीय सेवा बाट अभिप्रेरित भैइ "रक्तदान जीवन दान" मुलमन्त्र आत्मसात गर्दै स्वस्थ रगत संकलन कार्यमा सहयोग पुर्याउने उद्देश्यले "वृहत रक्तदान कार्यक्रम" आयोजना गरिने संस्थाका अध्यक्ष रामजी खत्रीले जानकारी गराएका छन् ।
साथै कार्यक्रममा संस्थागत सहभागिता सहित रक्तदाताहरु (स्वयंसेवकहरु) उपस्थिति गराईदिनको लागि सम्पुर्ण संघ-संस्थालाई सामुहिक अनुरोध पत्र पनि पठाइसकेको छ ।
रक्तदानको गर्नको लागि आवश्यक डकुमेन्ट तथा ध्यान दिनु पर्ने कुराहरु निम्नानुसार छन् ।
१. रक्तदाताले कतारी परिचय पत्र वा ड्राइभिङ लाइसेन्स वा हेल्थ कार्ड अनिवार्य लिएर आउनु पर्नेछ ।
२. रक्तदाता कतार प्रबेश गरेको ६ महिना पुरा भएको हुनुपर्नेछ ।
३. अघिल्लो पटक रक्तदान गरेको २ महिना पुरा भएको हुनुपर्नेछ ।
४. एन्टीबायोटिक सेवन नगरेको, २४ घण्टा भित्र मदिरापान नगरेको हुनु पर्नेछ ।
५. अनिन्द्रा तथा खाली पेटमा नभएको हुनुपर्ने छ ।
६. रक्तचाप तथा अन्य मापदण्ड रक्त संकलन टोलीले निर्धारण गरे बमोजिम हुनेछ ।
७. रक्तदाताको उमेर १८ -६५ बर्षको बीचमा हुनु पर्नेछ , भने तौल कम्तिमा ५० किलो हुनु पर्नेछ ।