कविता खत्री
दोहा-नेपाल पत्रकार महासंघ कतार शाखाको आयोजनामा नयाँ वर्ष तथा रमादानको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार दोहा स्थित आभा मन्जु रेस्टुरेन्टमा नेपाली नयाँ बर्ष २०७९ तथा ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमादानको शुभकामना आदानप्रदान सहित इफ्तार कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली रास्ट्रीय गानबाट सुरु भएको कार्यक्रममा सहभागीले परिचय सहित एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि संस्थाका प्रमुख सल्लाहकार तिर्थ सङ्गम राई, सल्लाहकारहरु क्रान्ति सिंह ,राम प्रसाद पराजुली, सिताराम थापा र अनुशासन बिभाग प्रमुख दिपजंग शाहले पत्रकारीता गर्दाका आफ्ना अनुभव संगै कतारमा रहेर पत्रकारीता गर्दा ध्यानदिनुपर्ने कुरा बारे जानकारी गराएका थिए ।
कार्यक्रममा महासंघका कतार शाखाका निवर्तमान कोषाध्यक्ष एवं वेबसाईट डिजाइनको संयोजक भोला थापा क्षत्रीले कतार शाखाको आफ्नै वेबसाईट तयार भएको भन्दै महासंघका पार्सद सदस्यलाई समाचार तथा लेख रचना लेखनलाई तिब्रता दिन अनुरोध गरे ।
नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिम वक्स मियाले कतारमा रहेर पत्रकारीता गर्दा अवसर र चुनौती दुबै रहेको भन्दै पत्रकारीताको आचारसंहिता र कतारको कानुनको अधिनमा रहि समाचार लेख्न तथा प्रसारण गर्न अनुरोध गरेका थिए । मियाले नेपालमा विभिन्न भुमिकामा मिडिया जोडिएर कतारमा आएर पुन महासंघ संग जोडिएर पत्रकारितालाई निरन्तरता दिनु सकारात्मक रहेको भन्दै एक अर्का बाट सिक्दै आफुलाई अब्बल बनाउन सबैलाई अनुरोध गरे ।
नेपाल पत्रकार महासंघ कतार शाखाका उपाध्यक्ष दिलकुमार श्रेष्ठले स्वागत मन्तव्य, कार्यक्रमको सहजीकरण सचीव ढाकाराम पौडेलले गरेका थिए ।