मुग्लानी खबर
श्याम माम्बा तामाङ कुर्तिस्तान इराक/३बैशाख
नेपाली नयाँ वर्षको सुभ अवसरमा इराकको कुर्दिस्तान सुलेमनिमा रहेका प्रबासि नेपालीहरुले पनि बिविध साँस्कृतिक कार्यक्रम गर्दै धुमधाम संग मनाएका छन ।
कुर्दिस्तान प्रबासी नेपाली समाजका र नेपाली महिला समाज कुर्तिस्तान दयारा दोस्रोचोटी संयुक्त रुपमा आयोजना गरेको नव बर्ष २०७५ बिशेस धमाका एवम मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम गत अप्रिल १३ तारिक शुक्रबारको दिन सुलेमानी स्थित सर्चिनर ओस्करको सभाहलमा सम्पन्न भएको हो ।
कुर्दिस्तान प्रबासी नेपाली समाजका अध्यक्ष राजिब थिङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिती गैर आबासिय नेपाली संघ कुर्दिस्तान इराकका उपाध्यक्ष सिताराम चौधरी रहेका थिए । त्येस्तै विशेष अतिथिमा कुर्दिस्तान सुलेमनीमा रहेको सामाजिक संस्था (FwCDO - Foreign workers) का संचालक हाम हजर रहेका थिए भने अतिथिमा नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकका उपाध्यक्ष बिजय हिमरुङ तामाङ लगायत बिभिन्न सामाजिक बुद्दीजीवि ब्याक्तिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा सुभकामना राख्ने अतिथिहरुले नेपाली देखि टाढा आएरपनि नेपालीहरु एकजुट हुदै नेपाली नयाँ वर्ष मनाउन पाउदा गर्व लागेको बताउदै,आयोजक सस्थाप्रति आभार प्रकटगरे। नेपाली नयाँ वर्ष २०७५ ले देशमा स्थाई सान्ति,सम्वृद्धि,बिकास,रोजगार लगायत तराइ,पहाड हिमाल बिचका नेपाली जात जातिको जुन सम्बन्ध अझ यस्ले एकबद्दता हुने प्रेरण मिलोस भन्दै नयाँ वर्षको सुभकामना आदान प्रदान गरेका थिए।
पहिला चरणको औपचारिक कार्यक्रम नेपाली महिला समाजकि महासचिव डोल्मा शेर्पाले सन्चालन गरेकी थिईन भने दोस्रो चरणको साँस्कृतिक कार्यक्रमम कुर्दिस्तान प्रवासी नेपाली समाजका महासचिव बिनोद श्रेष्ठ र नेपाली महिला समाजकी केन्द्रिय सदस्य पुजा सुन्दासले संचालन गरेका थिए । कार्यक्रममा इराक कुर्दिस्तान भरि छरिएर रहेका नेपाली दाजुभाइ दिदिबहिनी हरु लगभग ६०० भन्दा बढी उपस्थित रहेको थियो भने नेपाली नयाँ वर्षलाई सांगीतिक मय बनाउन र उपस्थित दर्सकलाई भरपुर मनोरञ्ज दिनको लागि कार्यक्रममा स्थानिय कलाकार हरुको बेजोड सास्कृतिक धमाका रहेको थियो।
सांस्कृतिक कार्यक्रममा कलाकार हरु सोनु शेर्पा,लक्ष्मी शेर्पा, नृत्य गायक हरु पेम्बी शेर्पा, सोनिया तामाङ,नोर्साङ शेर्पा लगायतले नृत्य र गीत गाउदा कार्यक्रम स्थल पुरै सांगीतिक मय भएकोथियो । सो कार्यक्रमको दिनमा हिमालयन शेर्पा युनिक ग्रुप को चिट्टा कार्यक्रम पनि सम्पन्न भएको थियो ।
कार्यक्रमको कुसल संयोजक नेपाली महिला समाजकि अध्यक्ष सानु शेर्पाले गरेकी थिईन भने बिहान १२ बजेदेखि सुरुभएको कार्यक्रम बेलुकी साँढे चार बजेसम्म चलेको थियो ।