दोहा / "कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना " भन्ने मुल नाराका साथ सन् : २००२मा स्थापित समाज कतारले गतबर्ष जस्तै यशबर्ष पनि बिक्रम सम्बत : २०७९ सालको भित्ते पात्रो प्रकाशन गरेको छ ।
मिति २०७९ साल बैशाख १ गतेको साँझ एक विशेष कार्यक्रमगरि दोहाको ग्रान्डमल स्थित प्लाजा मल नजिकैको पार्कमा संस्थाका अध्यक्ष हेम ब.बि.कले पात्रोको बिमोचन गर्नु भएको थियो। पात्रो प्रकाशनको लागि ७ सदस्य समिति बनाइएको थियो जस्को नेतृत्व संस्थाका प्रमुख सल्लाहकार मन प्रसाद रानामगरको संयोजक र सदस्यहरुमा संस्था का बरिस्ठ उपाध्यक्ष अगन्धर देबकोटा (अग्नि ) उपाध्यक्ष, प्रेम अधिकारी सचिबअमृत बिक, सह- सचिव सन्तोष तिमल्सिना सल्लाहकार खुशीमान गुरुङ र कार्य समिति सदस्य गोबिन्द बराल लगाएतको समितीले रहेको थियो।
कार्यक्रममा नयाँ सालको शुभकामना आदानप्रदान गर्नुको साथै संस्थाका अध्यक्षले भित्तेपात्रो सबै सामु देखाएर बिमोचन गर्नुभएको थियो उक्त कार्यक्रम बोल्दै सस्थाका बरिस्ठ उपाध्यक्षले पात्रो प्रकासन गर्दाका अनुभबहरु सुनाउदै नयाँ शालको शुभकामना व्यक्तगर्दै बैशाख १ गतेनै हामीले पात्रो बिमोचन गर्न पाउनु औभाग्य रहेको बताउनु भयो
सल्लाहकार आश ब. गुरुङले प्रकासन समितिलाई धन्यवाद दिदै शुभकामना व्यक्त गर्नु भएको थियो। प्रमुख सल्लाहकार तथा पात्रो प्रकाशन समितिका संयोजक मन प्रसाद राना मगरले पात्रो प्रकाशनमा बिज्ञापन दिएर र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने र प्रकाशन समितिका सदस्यहरु सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नु भएको थियो साथै पात्रोमा समेटियका कुराहरुका बारेमा जानकारी गराउनु भएको थियो । भित्तेपात्रो अहिलेको अबस्थामा हराउन लागि सकेको यो अबस्थामा हाम्रो मौलिकता जोगाउनु र कास्की जिल्लामा रहेका पर्यटकिय स्थानहरुलाई सबै सामु र चिनाउनु र कतारमा कास्की आदर्श ले गरेका गतिविधि समेट्त्नु नै पात्रो प्रकाशन गर्नुको मुख्य उदेश्य रहेको बताउनु भएको थियो ।
पात्रोभित्र धार्मिक, प्राकृतिकक्षेत्र हरुको सुन्दर तस्बिर राखिएको र भोलि कास्की घुम्न आउने आन्तरिक तथा बार्य पर्यटन हरुलाइ बडुवा दिनु अर्को उदेश्य रहेको बताउनु भएको थियो । अध्यक्ष बिक्की बिक ले समयमा नै पात्रो प्रकाशन गरि नेपालबाट कतारसम्म ल्याइ आज बैशाख १ गतेनै बिमोचन गर्न पाउँदा आफुलाइ अत्यन्तै खुसी लागेको नयां शालमा कास्की आदर्श समाज कतार ले नया कामको सुरुवात गरेको भन्दै सबैलाई शुभकामना व्यक्तगर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण संस्था सचिव अमृत बिकले गरेका थिए । नयाँ शालको शुभकामना संस्थाका अध्यक्षले (पोखरा टेलिभिजन) मार्फत दिनुभएको हुदा सबैलाइ घरमा पोखरा टेलिभिजन हेर्न अनुरोध गर्दै बिदेशमा पनि (NTV) डाउनलोड गरि हेर्न सकिने र एक महिना सम्म टेलिभिजनबाट दिनमा १०चोटि बज्ने जानकारी सस्था सह सचिव सन्तोष तिमिल्सिनाले गराउनु भएको थियोे।