वसन्तराज सुब्बा- झापा, कमल गाउँपालिकामा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल लिम्बुवान भोलेन्टियर्स प्राईमेरी कमाण्डर ,सेल कमाण्डर गरी १२ जनालाई नियुक्ति गरीएको छ ।
कार्यक्रमको प्रमुख अतिथि मञ्च पार्टीका उपाध्यक्ष तथा केंद्रीय कमाण्डर थाङसाङ लावती र विशिष्ट अतिथि प्रान्तीय सचिवालय सदस्य बल नाथ नाल्बो, सूर्य प्रसाद याक्पादेनको हस्त बाहुली बाट ४ प्राईमेरी कमाण्डर ८ सेल कमाण्डरहरुलाई गठन गरी नियुक्ति पत्र प्रदान सहित सम्मान गरेको छ। प्राईमेरी कमाण्डरहरुमा जीत बहादुर चेम्जोङ , मनी कुमार चेम्जोङ, मोहन चन्द्र कार्की , विक्रम सेर्मा लिम्बु भने सेल कमाण्डरहरु पंच राम मांझी , शुकु बहादुर सेर्मा, इप्सन पाण्डे, जगत धिमाल , पूर्ण लिम्बु , रोजीना सुनाम , डम्बरु प्रसाद पौडेल , महेन्द नाल्बो लगायतलाई नियुक्ति गरिव्को छ।त्यस्तै कमल वार्ड २ कमिटीमा मनोनितः वरिष्ठ उपाध्यक्ष खड़क बहादुर लिम्बु र सदस्यमा विनु चेम्जोङ, दिल कुमारी लिम्बु चयन गरीएको छ ।
प्रमुख अतिथि पार्टीका उपाध्यक्ष तथा ( एल. भि) केंद्रीय कमाण्डर थाङसाङ लावतीले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा रहेको १२५ जाति र १२३ भाषीहरुको समृद्धिको सुन्दर परिकल्पना गर्दै संघीय लोकतांत्रिक राष्ट्रीय मञ्चको वैचारिक आधारले मात्र सम्भव छ । सामुदायिक समाजवादको यर्थाथता अनुसार १२५ जातिहरुको सर्वपक्षिय समृद्धिको पक्ष परिकल्पना ऐतिहासिक पृष्ठभूमि आधारमा नै मूल्याङ्कन गरीएमा मात्र न्यायोचित हुने छ ।
आज लिम्बुवान भोलेन्टियर्स प्राईमेरी कमाण्डर , सेल कमाण्डर नियुक्ति भएको छ । संघीयता र पहिचानको निरन्तर उपलब्धिको एउटा कड़ी हो । कमाण्डले लिम्बुवान प्राप्तीको निम्ति बलिदानपुर्ण योगदान गर्ने छ । लिम्बुवान सहित १०+ १ प्रान्तको निम्ति आफैले आहुति दिन सम्म तयार हुनु पर्ने छ । कमाण्डर आफैमा पार्टीको मेरुदण्ड भएकोले अनेक न्यायोचित विषयमा बोल्न र संगठित क्रियाकलाप गर्न दुबै अवसर पार्टीले प्रदान गरेको छ ,थप्दै उहाले भन्नु भयो !अहिले ३५ दिन बाकी छ सम्पूर्ण नेताहरु टोल कमिटी निर्माणमा जुटनु पर्दछ । जहां जहां जून वडामा बलियो पकड भएको छ । सो वडामा घर दैलो लगायत टोल समिति निर्माणमा जुटनु आवश्यक छ ।
पार्टीको आवश्यकता अनुसार मात्र अन्य गाउँ क्षेत्र जिल्लामा जाने उपस्थित सहभागिता हुने नत्र २४ औ घण्टा आफ्नो वडा कति घर धुरी छ , कति जाति छन , कति भोट लिष्ट छ तिनिहरुको संकलनमा जुटनु आवश्यक रहेको बताउनुभयो। त्यस्तै विशिष्ट अतिथि प्रान्तीय सचिवालय सदस्य बल नाथ नाल्बो , सूर्य प्रसाद याक्पादेन , प्रान्तीय सदस्य लिला माया राई लगायतले लिम्बुवान भोलेन्टियर्स ( L V ) सुरक्षा दस्ता र सगठन बारे आ आफ्नो भनाइ प्रष्ट पारेका थिए ।
उक्त कार्यक्रममा अतिथि संघीय खसान मञ्चका उपाध्यक्ष भीम कार्की , एल. भि केंद्रीय उपकमाण्डर मंडेम लिम्बु , क्षेत्रीय उपाध्यक्ष इन्द्र सोदेम्बा , क्षेत्रीय सचिब तीर्थ पमु लिम्बु , क्षेत्रीय सदस्य अशोक राई , कमल सचिब विजेंद्र मेन्याङबो , वार्ड १ अध्यक्ष छत्र साउदेन , वार्ड २ अध्यक्ष रमेश खड़का लगायतको उपस्थिती रहेको थियो।सीनियर फिल्ड कमाण्डर देवेन्द्र लिम्बुको सभापतित्वमा भएको कार्यक्रम कमल सचिब नर बहादुर केरुङले सहजीकरण गरेका थिए। त्यस्तै कार्यक्रमको विशेष सहजिकरण केंद्रीय सीनियर उपकमाण्डर तथा क्षेत्र ५ ईन्चार्ज बसन्त राज योङहाङ र स्वागत मंतव्य कमल अध्यक्ष माबोहाङ अम्मर लिम्बुले गर्नु भएको थियो।