बागमती प्रदेश- काठमाडौँ, गोकर्णेश्वर नगरपालिका स्थित वडा नं ५ जोरपाटीमा मल्लकाल देखि प्रचलनमा आएको मौलिक संस्कृति चामुण्डा देबीको रथ यात्रा सम्पन्न भएको छ।
विविधतामा एकता भएको हाम्रो मुलुक मौलिक संस्कार संस्कृतिमा अग्रणी छ।चामुन्डा रथ यात्रा कार्यक्रममा बागमती प्रदेशका पुर्व मन्त्री रामेश्वर फुयाल को उपस्थिति रहेको थियो त्यसैगरी गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल , नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल वडा नं ९ का वडा अध्यक्ष राजिब थापा , नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल लगायत जनप्रतिनिधिहरु सहित सयौ स्थानीयले रथ यात्रामा सहभागिता रहेको थियो।
इतिहासलाई फर्केर हेर्ने हो भने सामन्य बली र पूजामै सीमित रहेको थियो।बिक्रम सम्बत पछि ब्यबस्थित गर्दै चामुण्डाको खट यात्रा २०४० यता श्री गणेश; चामुन्डा देवीको खट यात्रा गरिदै आएको र पछि माँहाङ्काल भैरब समेत थप गरी तीन वटै रथ लाई बाजागाजा सहित माँहाङ्काल भैरब आरुबारी,बेसिगाउ, जोरपाटी चोक,शिद्देश्वर बिन्दबासिनी, बिन्दवाशीनि,अर्गौतश्वर,शर्बेश्वर,रुद्देश्वर, अर्याल गाउँ,बौद्ध पीपलबोट हुदै पुन जोरपाटी चोक बाट चामुन्डा भगबतीको मन्दिर प्राङ्गणमा ल्याएर विसर्जन गरिन्छ।
विंस.२०४० देखि व्यवस्थित रुपमा मनाउदै आएको चामुन्डा रथ यात्रा गत वर्षहरु जस्तै चैत्र अष्टमिका दिन गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा अवस्थित चामुण्डा देबीको रथयात्रा मा बिसं२०४१ साल देखि निरन्तर निकालिंदै आएको चामुण्डा रथयात्रामा उल्लेख्य भक्तजनको सहभागितामा सम्पन्न गरिदै आएको छ जसले मौलिक सस्कृतिको प्रबर्द्धन गर्नुका साथै नगरपालिकाको थप आकर्षण बढेको छ।