धरानः नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङले चुनाव जिताउने जिम्मेवारी तरुणहरुको कांधमा रहेको बताएका छन् । नेपाल तरुण दल रामधुनी नगरले वडा नं. ७ मा आयोजना गरेको तरुण दल गठन तथा पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै उनले युवाहरु शारीरिक र मानसिक रुपले विचार र परिवर्तनको सम्वाहक भएकाले चुनावमा पार्टीलाई जिताउने अभिभारा युवाहरुले लिनुपर्ने बताए । अब युवाहरुले जिम्मेवारी र अवसर दुवै पाउनुपर्ने भन्दै सामाजिक र राजनीतिक क्षेत्रमा अगाडि बढ्न युवाहरुले नेतृत्व, व्यत्तित्व र क्षमता विकास गर्नुपर्ने बताए । उनले इतिहासको विषम परिस्थितिमा नेपाल तरुण दलको स्थापना भएको स्मरण गराउंदै तरुण दलको गौरवशाली इतिहास र साख जोगाउने गरी सकृय हुन पनि युवाहरुलाई सुझाएका छन् ।
नेपाल तरुण दल रामधुनी नगरका सभापति नगेन्द्र गुरुङको अध्यक्षतामा भएको तरुण भेलाले सर्वसम्मत शम्भु श्रेष्ठको सभापतित्वमा ३७ सदस्यीय नेपाल तरुण दल रामधुनी ७ गठन गरेको छ । उपसभापतिमा सविन लिम्वु र दिल्लीशेर राई, सचिवमा गोविन्द मगर, सहसचिवमा विजय राई, कोषाध्यक्षमा विविषा चौधरी र सदस्यहरुमा जगत चौधरी, मिन राई, सुजन पौडेल, आशिष चौधरी, अंकित चौधरी, प्रफुल चौधरी, शजर मण्डल, अर्जुन चौधरी, संजिव चौधरी, सनम चौधरी, जिवन चौधरी, कपिल चौधरी, पर्शुराम चौधरी, महेश मगर, सुविन राई, मिलन विष्ट, राजेन्द्र लिम्वु, सिजन राई, रोशन लिम्वु, सुरज चौधरी, विजय चौधरी, राधेश्याम चौधरी, रुपेश माझी, विक्रम शाही, रत्न माझी, गोविन्द विक, एलिश राजधामी, सतार माझी, रोदन तामाङ, रुपेश माझी र सुनिल चौधरी चयन भएका छन् ।कार्यक्रममा नेकपा एमाले र माओवादी परित्याग गरी ४५ जनाले नेपाली कांग्रेस प्रवेश गरेका छन् । उनीहरुलाई प्रमुख अतिथि समेत रहेका सभापति तामाङ, प्रदेशसभा क्षेत्रीय समिति १(२) का सभापति मुरारी भट्टराई र रामधुनी नगर सभापति सुदिप अधिकारीले खदा र अविर लगाई स्वागत गरेका थिए । प्रवेश गर्नेहरुमा सपुरलाल राजवंशी, सुवास तामाङ, विवेक कटुवाल, गोविन्द मगर, सविन सुनुवार, मन्दिरा घिमिरे, अर्जुन चौधरी, दिपशन परियार, विक्रम माझी, विजय राई, सुशिला माझी, नविन खड्का, अजय राई, दिनेश माझी, पञ्चे माझी, हरेराम चौधरी, विक्रम चौधरी, सन्जु चौधरी, हेमकुमारी चौधरी, सविन रसाइली, गोविन्द विक, राजु श्रेष्ठ, सुदिप लिम्वु, अधिराज राई, हीरा माझी, दिपेश लिम्वु, रोशन राउत, विशाल लिम्वु, अनिश माझी, मन्दिरा लिम्वु, रानु मण्डल, बबिन मण्डल, श्रीदेव चौधरी, लाली चौधरी, बासुराम चौधरी, गुञ्जा चौधरी, सम्झना चौधरी, सीमा चौधरी, हीरा चौधरी, तुवली चौधरी, मुसहरनी चौधरी, सिता चौधरी, आशा चौधरी, राजुन चौधरी र शान्ति चौधरी रहेको छ ।
कार्यक्रममा प्रदेशसभा क्षेत्र १(२) का सभापति मुरारी भट्टराई, रामधुनी नगर सभापति सुदिप अधिकारी, महाधिवेशन प्रतिनिधि रोहित सुब्बा, क्षेत्रीय सदस्य पर्शुराम चौधरी, प्रदेशसभा क्षेत्र १(२) का सदस्य जानकी चौधरी, नेपाल तरुण दल जिल्ला सदस्य चन्द्र सुब्बा लगायतले मन्तव्य राखेका थिए ।
तरुण दल रामधुनीका सचिव लेखनाथ सुवेदीद्धारा सञ्चालित कार्यक्रममा स्थानीय नेता रामराज महत, क्षेत्रीय सदस्य लोकमणि शर्मा, वडा सभापति जगत राई लगायतको उपस्थिति रहेको थियो ।