दोहा / प्रथम सहिद लखन थापा मगरको प्रतिको भ्रमात्मक अभिव्यक्तिको कतारमा रहेका विभिन्न संघ - सङ्गठनहरुले बिरोध जनाएका छ्न ।
नेपाल आदिवासी जनजाति महासंघ कतारमा आवद्ध मातृ (जातीय) १४ संस्थाहरुले ( प्रेस विज्ञप्ति ) जारी गर्दै बिरोध जनाएको बताएका छ्न ।
जारि प्रेस विज्ञप्ति अनुसार नेपालका पूर्व प्रधानमन्त्री खड्ग प्रसाद ओली र बिस्वभक्त दुलाल लगायतका व्यक्तिहरुले कुनै सार्वजनिक कार्यक्रममा नेपालको प्रथम सहिद लखन थापा मगर नभई अरु कुनै व्यक्ति भएको भ्रमात्मक अभिव्यक्तिले प्रथम सहिद लखन थापा मगर र देशको इतिहास माथि घोर अपमान भएको जनाइएको छ
हेर्नुस ( प्रेस विज्ञप्ति )
नेपाली जनताको न्याय र मुक्तिको लागि तत्कालिन जहानिया राणा शासनको बिरुद्धमा आवाज उठाउदै नेपालमा पहिलो पटक संगठित रुपमा बिद्रोह गर्ने क्रममा तत्कालिन शासकहरुबाट बि. स. १९३३ फागुन २ गते निर्मम हत्या गरि मारिएका लखन थापा मगर नेपालका प्रथम सहिद हुन ।
नेपाल आदिवासी जनजाति महासंघ, नेपाल मगर संघ लगायतका सम्बन्धित संघ संस्थाहरुको निरन्तर दवाब, आन्दोलन संघर्षले गर्दा नेपालका तत्कालिन संस्कृति मन्त्री कृपाशुर शेर्पाले पेश गरेको प्रस्तावलाई तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालाको मन्त्रीपरिषदले बि. स. २०७२ असोज ३ गते नेपालका प्रथम सहिद लखन थापा मगर घोषणा गरेको सर्वविधितै छ ।
तर बिभिन्न मिडिया पत्रपत्रिका मार्फत आएको खबर तथा नेपाल मगर संघ केन्द्र लगायत सम्बन्धित संघ संस्थाहरुबाट जारि प्रेस विज्ञप्ति अनुसार नेपालका पूर्व प्रधानमन्त्री खड्ग प्रसाद ओली र बिस्वभक्त दुलाल लगायतका व्यक्तिहरुले कुनै सार्वजनिक कार्यक्रममा नेपालको प्रथम सहिद लखन थापा मगर नभई अरु कुनै व्यक्ति भएको भ्रमात्मक अभिव्यक्तिले प्रथम सहिद लखन थापा मगर र देशको इतिहास माथि घोर अपमान भएको ठहर गर्दै नेपाल आदिवासी जनजाति महासंघ कतार लगायत महासंघ कतारमा आवद्ध मातृ (जातीय) संस्थाहरुको पनि गम्भीर ध्यान आकर्षण भएको छ ।
यस्ता भ्रमात्मक र तथ्यहिन अभिब्यतिहरुको बिरुद्ध नेपाल मगर संघ लगायत विभिन्न संघ संस्थाहरुले जारि गरेको विज्ञप्ति प्रति एक्यबद्धता जनाउदै यस्ता गलत र तथ्यहिन कुरा तुरुन्त सच्चिन र सच्याउन जोडदार माग गर्दै यो प्रेस विज्ञप्ति जारि गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ कतारमा आवद्ध मातृ (जातीय) संस्थाहरु
१) नेपाल मगर संघ शाखा कतार - अध्यक्ष - बिबेक पुलामी मगर
२) किरात याक्थुङ चुम्लुङ कतार - अध्यक्ष - हर्क खजुम लिम्बु
३) तमु (गुरुङ) समाज कतार - कावा अध्यक्ष - टौमाया गुरुङ
४) किरात राई यायोक्खा शाखा कतार - अध्यक्ष - शंकरमान राई
५) नेपाल प्रवासी तामाङ समाज कतार - अध्यक्ष - सुवास तामाङ
६) थारु कल्याणकारिणी सभा कतार च्याप्टर - सभापति - श्यामलाल चौधरी
७) सुनुवार सेवा समाज शाखा कतार - अध्यक्ष - निर बहादुर सुनुवार
८) प्रवासी भुजेल समाज कतार - अध्यक्ष - युवराज भुजेल
९) नेवा पुचः कतार - अध्यक्ष - राजु महर्जन
१०) माझि सेवा समाज कतार - अध्यक्ष - राम चन्द्र माझि
११) नेपाली धानुक समाज कतार - अध्यक्ष - राम कुमार मण्डल
१२) शेर्पा किदुग दोहा कतार - अध्यक्ष - तेन्जी शेर्पा
१३) प्रवासी दनुवार संगठन कतार - अध्यक्ष - बिक्षु दनुवार
१४) ताजपुरिया समाज कल्याण परिषद कतार - कावा अध्यक्ष - ज्ञनेन्द्र ताजपुरिया