बागमती प्रदेश - यहि आउदो बैशाख ३० गते हुन गैईरहेको स्थानिय चुनावमा काठमाडौ स्थित गोकर्णेश्वर नगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रका वागमति प्रदेश परिषद सदस्य तथा गोकर्णेश्वर नगर इन्चार्ज पेमाछिरी शेर्पाले आफ्नो दाबेदारी भएको बताएका छन।
जतिसुकै ब्यबस्थामा परिवर्तन आएपनी जनताको अवस्थामा परिवर्तन नभएकोले नै मेरो उम्मेदवारी गोकर्णेश्वर नगरपालिकाको मेयर पदमा आफ्नो उम्मेदवारी रहने शेर्पाले बताएका छन। माओवादी केन्द्रभित्र स्वच्छ छवि र इम्मान्दार नेताको छवि र पहिचान बनाएका शेर्पा जनताको सुखदुखमा साथ दिने र नगरपालिकाको समग्र विकासको लागि प्रष्ट भिजन भएका, जनताका हरेक समस्यामा स्पस्ट बिचार,दीर्घकालीन भिजन भएका नेताको रुपमा परिचित रहेका छन।
सामाजिक, राजनैतिक, शैक्षिक र आदिवासी जनजाति आन्दोलन लगायत विभिन्न आन्दोलनहरुमा उनको बृहत् योगदानलाई नजिकबाट बुझ्नेहरु माओवादी केन्द्रबाट गोकर्णेश्वर नगरपालिकाको मेयर पदमा नेता शेर्पाले सतप्रतिशत जित्नेमा बिश्वास लिएका छन।
त्यसैगरी शेर्पा हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका पूर्व अध्यक्ष, शेर्पा मुक्ति मोर्चाका पूर्व अध्यक्ष, ३० देशमा शाखा रहेको नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष मा रहेर शेर्पाले काम गरिसकेका छन भने भेनस नेशनल कलेजका अध्यक्ष र भेनस पब्लिक स्कुलको फाउण्डर चेयरमेन समेत रहेर काम गरिरहेका उनी नेतृत्वमा रहेर काम गर्न सक्ने कुशल क्षमतावान नेता शेर्पाको उच्च सामाजिक, राजनीतिक, शैक्षिक योगदानले तथा स्वच्छ र इमानदार नेताको छविले धेरै बलियो उम्मेदवार बन्नेमा बिश्वास गरिएको छ।
विभिन्न दर्जनौ सामाजिक संघ संस्थाहरुमा नेतृत्वमा रहेर कम गर्दै शेर्पा विपुल शिक्षा निकेतनको अध्यक्ष ,नेपाल लिडर्स बहुउदेश्यीय सहकारी संस्था लिमिटेड तथा मार्टका अध्यक्ष पदमा समेत रहेर सफलता पुर्वक काम गरिसकेका छन।बिश्वका थुप्रै राष्ट्रहरुको भिजिट गरिसकेका शेर्पाले त्यहाँ प्रत्यक्ष देखेका पुर्वाधार विकास लगाएतका अनुभवहरुलाई गोकर्णेश्वरको विकासमा बिकासमा लगाउने बताउदै नगरपालिकालाई नेपालकै नमुना नगरपालिकाको रुपमा स्थापित गर्ने बताए।जसको लागि पार्टीले दिने जुनसुकै जिम्बेवारी र भूमिकालाई सहर्ष स्विकार गर्दै अगाडि बढ्ने शेर्पाले बताए ।
गोकर्णेश्वर नगरपालिकामा नेकपा माओवादी केन्द्रका गोकर्णेश्वर नगर अध्यक्ष मानबहादुर तामाङ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सहकारी विभागका सदस्य तथा गोकर्णेश्वर नगरपालिका उपाध्यक्ष समेत रहेका हुच्छे नारायण श्रेष्ठ (मिलन) लगायतको नाम मेयरका उम्मेदवारका रुपमा चर्चामा रहेता पनि नेपाली कांग्रेसको बलियो पकड भएको नगरपालिकाको रुपमा परिचित गोकर्णेश्वरमा नेकपा (एमाले) ले यस पटक आफूले जित्ने दावी गरिरहेको छ।