धरानः स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरु वीच चुनावी गठबन्धनको गृहकार्य भईरहेको वेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले चुनावी गठबन्धन खाए खा नखाए घिच नहुने बताएका छन् ।
नेपाली कांग्रेसको क्षेत्र नं. १ सुनसरीले धरानमा आयोजना गरेको वृहत प्रशिक्षण तथा घरघर जाऔं कांग्रेस जिताऔं कार्यक्रमलाई संवोधन गर्दै उनले स्थानीय आवश्यकताका आधारमा मात्र गठबन्धन हुने बताएका हुन् । उनले १ नं. क्षेत्रीय समितिले वडावडामा कार्यक्रम गर्दे अत्यावश्यक प्रशिक्षण कार्यक्रमहरु गर्दै पार्टीको सशक्तिकरण गरेको बताउंदै सुनसरी क्षेत्र नं. १ ले छिट्टै मन्त्री पाउने पनि खुलासा गरेका छन् ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख प्रशिक्षक एवम् नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको इतिहास र सैद्धान्तिक प्रारुपका विषयमा प्रशिक्षण दिएका थिए । संघीय सांसद मीना सुब्बाले एमालेको दम्भ र दादागिरीले डुब्न लागेको हाम्रो देशलाई पार्टी सभापति शेरवहादुर देउवाको नेतृत्वमा बचाउने काम भईरहको बताईन् । प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचनमा महिलालाई पनि प्राथमिकता दिनुपर्ने बताए । प्रदेश महामन्त्री उमेश थापाले एम.सी.सी. नेपालको विकास र समृद्धिको पक्षमा ऐतिहासिक कदम भएको भन्दै खोक्रो राष्ट्रवादाी कम्युनिष्टहरुले विभिन्न भ्रम फैलाएर तुहाउन खोजे पनि हाम्रो पार्टीको समाझदारीपूर्ण भूमिकाले सफल भएको बताए । जिल्ला सभापति केदार भण्डारीले क्षेत्रीय समितिले गरेको राजनीतिक र सांगठनिक गतिविधिले क्षेत्रभरी कांग्रेसको संगठन मजबुद बनेको र जनमत सिर्जना भएको बताउंदै स्थानीय तहको निर्वाचनमा आकांक्षीहरु मध्येका उत्कृष्टले टिकट पाउने बताए ।
कार्यक्रममा जिल्ला उपसभापति नगेशचन्द्र राई, जिल्ला सचिव माधव घिसिङ, क्षेत्रीय उपसभापति तथा प्रदेशसभा १(२) का सभापति मुरारी भट्टराई लगायतले मन्तव्य राखेका थिए ।
क्षेत्रीय सचिव महेन्द्र प्रधानद्धारा सञ्चालित कार्यक्रममा प्रदेश सदस्यद्धय अन्जना राई र गणेश परियार, जिल्ला सहसचिव गणेश सुब्बा, महासमिति सदस्यहरु पर्वत राई, श्यामा रेग्मी, ममता तामाङ, महाधिवेशन प्रतिनिधिहरु चन्द्रशेखर लामा, विकास आचार्य, सन्तोष विक, रवि राई, जिल्ला सदस्यद्धय किशोर राई र विनोद घिमिरे, क्षेत्रीय सचिव केशव पुरी, कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, सहसचिवद्धय भोजराज न्यौपाने र सुमित राई, प्रदेशसभा १(१) का सभापति अनिल श्रेष्ठ, धरान नगर सभापति श्याम पोखरेल, क्षेत्रीय सदस्यहरु, प्रदेशसभा क्षेत्रीय पदाधिकारी र सदस्यहरु, नगर पदाधिकारी र सदस्यहरु, वडा सभापतिहरु, टोल समितिका सभापति र सचिवहलगायतको उपस्थििति रहेको थियो ।