बागमती प्रदेश- ललितपुरको बागमती गाउँपालिका वडा नं ६ आस्राङमा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदका लागि नारायण भोम्जन सर्बसम्मतले छ्नोट भएका छन।
नेपाली कांग्रेसको इतिहासकै पहिलो रेकर्ड कायम गर्दै सोमबार सम्पन्न वडा कमिटी लगायत प्रतिनिधि सहितको बैठकबाट अध्यक्ष पदको उम्मेदवारको लागि नारायण भोम्जनलाई छ्नोट गरिएको हो।स्थानिय चुनाव नजिकै गर्दा विभिन्न राजनितीक दलहरुमा समेत उम्मेदवार खटाउने चटारो बढिरहेकै क्रममा भोम्जनलाई सबैको साथ रहेको बताएका छन।
उक्त वडामा करिब १२०० मतदाता रहेको उक्त क्षेत्रमा यदि गठबन्धन भए माओवादीको मतले निर्णायक भुमिका खेल्ने तर अलग अलग प्रतिस्पर्धा भए ६०० भन्दा बढी मत भोम्जनले प्राप्त गर्ने अनुमान गर्दै नेपाली कांग्रेसबाट भोम्जन अध्यक्ष पदमा चुनाव जित्ने बिश्वास लिईएको छ। वडा अध्यक्षको पदमा दुईजना आकांक्षी प्रतिस्पर्धी भएतापनी भोम्जनको पक्षमा बहुमत देखापरेको छ।
वडा अध्यक्षका उम्मेदवार भोम्जनले वडामा शिक्षा, स्वास्थ्य, खेलकुद,कृषि, आर्थीक समृद्धि युवाहरुलाई रोजगारीको ब्यबस्था, भौतिक पुर्बाधार निर्माण, मठ मन्दिर गुम्बा लगायत धार्मिक आस्थाका केन्द्रहरु संरक्षण सम्बर्द्धन र प्रबर्द्धन, सुबिधा सम्पन्न नमुना बस्तिको निर्माण ,आन्तरिक र बाह्य पर्यटनकको आकर्षण रहेको पिक्निक पार्क निर्माण गरि यहाँका जनताको सुखदुख साथी भएर सेवा गर्ने ठूलो सपना रहेको र उक्त सपनालाई साकार पार्न वडाबासीहरुको मत र साथ सहयोगको जरुरी रहेको बताएका छन।
त्यसैगरी आश्राङ विधधिस्वरी उच्च मावि, विद्यालय भवन, हेल्थपोष्ट भवन, वडा कार्यालय,प्रहरी चौकी,महिला सहकारी भवन लगायत धेरै भौतिक संरचना र सरकारी निकायका कार्यलयहरु विविध कारणले संस्था बनेको ठाउँ भन्दा अन्यत्रै स्थानमा बनेको हुँदा ,६ महिना देखि १ वर्ष भित्र उक्त स्थान र सरकारी संरचनाहरुलाई संस्थाको नाममा कायम गराउने घोषणा सहित अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेको मुग्लानी खबरलाई बताएका छन।