मुग्लानी खबर
आईतवार केशब चापागाईं दोहा कतार-बैशाख २,२०७५
सिपमुलक तालिम केन्द्र स्थापनार्थ मेची महाकाली सेवा समाज कतार साखाले आयोजना गरेको
"नयाँ वर्ष धमाका" गत ३० चैत्र शुक्रबारका दिनमा कतारको मुटु तथा सुन्दर सहर दोहा स्थित गल्फ होराईजन होटेलको हलमा एक कार्यक्रमका बिच सभ्य भब्य रुपमा सम्पन्न भएको छ।
मेची महाकाली सेवा समाज कतार साखाको आयोजनामा भएको उक्त कार्यक्रम सस्थाका अध्यक्ष दोर्ण प्रसाद आचार्यको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथि प्रबासी नेपाली मञ्चका संस्थापक अध्यक्ष तथा NRNA/ICC का मानार्थ सदस्य कमलमणी गुरागाई रहेका थिए।
कार्यक्रममा विभिन्न सस्थाबाट प्रतिनिधित्व गर्दै सस्थाका प्रतिनिधिहरु लगाएत नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको बाक्लो उपस्थिति रहेको थियो। सिपमुलक तालिम केन्द्रको स्थापनार्थ तथा नयाँ बर्ष २०७५ को शुभकामना आदानप्रदान मात्र नभई साङ्गेतिक माहोलबाट उपस्थित सम्पुर्ण ब्यक्तित्वहरुलाई भरपुर मनोरञ्जन दिने समेत कार्यक्रमको उदेश्य रहेको थियो जस अनुसार विभिन्न रास्ट्रीय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिद्वारा भरपुर मनोरन्जन दिएका थिए।
दर्शन नमस्ते बोलको गित गाएर स्थानिय कलाकार टंक रसाइली ले सुरुवात गरेको सांस्कृतिक धमाकामा राष्ट्रीय कलाकार गायक सिमान्त सन्तोस घिमिरेले आफ्ना चर्चित "तिमी रोएको पल,तिमीलाई हसाउन नसकुला", "पुजाको थाली हौ" जस्ता गित गाएर माहोल तताएका थिए।
बिच बिचमा दिप हसन्ते क्षेत्रीको हास्यरसले दर्सक दिर्घामा हासो थपिरहेका बेला हास्यकलाकार तथा जादुगर महादेव त्रीपाठीले कार्यक्रममा झन रौनक थपेका थिए।एक डरलाग्दो हावाहुन्डरी जस्तो साउन्डमा इन्ट्री गरेका त्रीपाठी स्टेजमा जोकर जस्तो भएर उपस्थीत भएका थिए। रोमान्चक नृत्य गरेर कार्यक्रममा इन्ट्री गरेका त्रिपाठीले दोस्रो चरणमा जादुकला देखाएका थिए।कमेडी शैलीमा दर्सकलाइ बोलाएर रुमाल हराउदै,पेप्सी बाट दोसल्ला बनाउदै जादु प्रदर्शन गरेर दर्शकदिर्घामा रमाइलो प्रस्तुत गरे।तेस्रो चरणमा दर्सकलाई भरपुर हास्यब्यङ्गरस प्रस्तुत गरेका थिए।
कार्यक्रममा नृत्य तथा मेची देखि महाकाली सम्मका लोक संस्कृतिकलाई झल्काउने गायन प्रस्तुत गरिएको थियो।राष्ट्रिय कलाकार श्रीकृष्ण लुइटेलले " ए बा किन्देउ न भटभटे,साली कमला,बाकेँ बर्दिया,सुनको सिक्री जस्ता आफ्ना हिट गित गाएर कार्यक्रमलाई थप रोमान्चक बनाएका थिए।
सुरज थापा मगर,प्रभात त्रिपाठी र रिदिसा चापागाईं त्रेयले सन्चालन गरेको कार्यक्रमको अन्त्यमा सम्मानपत्र बितरण गरिएको थियो।
स्थानिय तथा राष्ट्रीय कलाकारलाई सम्मान पत्र बितरण गर्नुका साथै कार्यक्रमका सपोर्टेडहरु कान्तिपुर मेडिकल,प्रबासी नेपाली मञ्च,श्रीजनशिल युवा परिवार र प्रचार प्रसारमा योगदान पुर्याउने मिडियाहरु ताजा पत्रीका डट कम र राजधानी अन्तरास्ट्रिय साप्ताहिकलाई प्रमुख अतिथी कमलमणी गुरागाईँ र संस्थाका अध्यक्ष दोर्ण प्रसाद भेटुवाल,संस्थापक इश्वर सिंह महता र महा-सचिव लिला प्रसाद गौतमले सम्मानपत्र बितरण गर्नु भएको थियो।
कार्यक्रमको अन्त्यमा सभापती भेटुवालले झापाको बिर्तामोडमा सीप मुलक तालिम केन्द्र खुलिसकेको जानकारी दिदै सिपमुलक तालिमकेन्द्रलाई देस ब्यापी बनाउन सहयोगार्थ कार्यक्रम गरिएको भन्दै कार्यक्रम लाई सुरु देखि अन्त्य सम्म अनुशासन र धर्यगरी बसि कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए।