बागमती प्रदेश- गोकरणेश्वर नगरपालिका स्थित वडा नं ८ मा स्थापित समृद्धि नगर टोल सुधार समितीद्वारा नगर प्रमुख सन्तोष चालिसे,उप प्रमुख शान्ती नेपाल र वडा नं ८ का वडा अध्यक्ष मनोज ढुङानालाई सम्मान गरिएको छ।
राम नारायण साहद्वारा सहजीकरण गरिएको कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष जयराम तामाङको अध्यक्षता तथा नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी नगर उपप्रमुख शान्ती नेपाल,वडा अध्यक्ष मनोज ढुंगाना,टोल सुधार समितिमा अध्यक्ष जङ्ग बहादुर गुरुङ,दिपेन्द्र चाम्लिङ,पृन्सिपल गुरु प्रसाद लुईटेल लगाएत टोलबासी दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो भने सानुमाया खत्री र अनिल ढकालद्वारा खादा तथा माला लगाई सम्मान गरिएको थियो।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई जङ्ग बहादुर तामाङ्ले मन्तब्य मार्फत स्वागत गरेका थिए। नगरपालिका भित्र रहेका वडाहरु,विभिन्न संघ संस्था,संगठन ब्यक्ती लगाएत सम्पुर्णलाई समान ढंगबाट साथ सहयोग दिदै आउनुभएका मेयर सन्तोष चालिसे,उपमेयर शान्ती नेपाल र वडा अध्यक्ष मनोज ढुङानालाई विभिन्न समयमा समृद्धि टोल सुधार समितिलाई गरेको सहयोग र योगदानको उच्च मुल्यांकन गर्दै संस्थाका अध्यक्ष जङ्ग बहादुर तामाङ तथा टोलबासीहरुको हातबाट खादा तथा माला लगाई सम्मान गरिएको छ। कार्यक्रममा बोल्दै अध्यक्ष मनोज ढुङानाले हामिले जुनसुकै पार्टीबाट जितेपनि कसैलाईपनि विभेद नगरी समान ब्यबहारमा कार्य गरेको बताउदै हिजोको टोल र अहिलेको टोल बिकास निर्माण र नमुनाका रुपमा स्थापित गराउन तपाईं जनताहरुका कारणले भएको बताए।यसै क्रममा उपमेयर शान्ती नेपालले जनभावनाको कदर गरि हामिले काम गरिरहेको बताउदै आगामी दिनमा पनि अझै समृद्ध नगरपालिका बनाउने नै छौ भन्दै सम्मान गरिदिनुभएकोमा सम्पुर्ण टोलबासीलाई धन्यबाद ब्यक्त गरेकी थिईन।
त्यसैगरी प्रमुख अतिथी सन्तोष चालिसेले बोल्दै जनप्रतिनिधि भएर आए देखि कोभिड १९ का बिकराल अवस्था लगायत विभिन्न कठिनाईहरुलाई सामना गर्दै रातदिन नभनी खटिएको,रोड बिस्तार,खानेपानी पुर्वाधार निर्माण, भवन निर्माणमा कटिबद्ध भएकोहुदा मात्र सफल भएको बताए।यो सफलता जनप्रतिनिधिले मात्र नभई सबै जनताको साथ सहयोगले सम्भव भएको हो मेयर चालिसे बताए!त्यसैगरी विभिन्न नगरपालिकाका उदाहरण दिदै आगामी दिनमा अझै समृद्ध नगरपालिका निर्माण गर्न सबै मिलेर साथ सहयोग गरि अगाडी बढ्नुपर्ने बताउदै सम्मान गर्नुभएको मा सबै टोलबासीलाई धन्यबाद ब्यक्त गरेका थिए।
भिडियो हेर्नुहोला .....